एकाइ – एक

पाठ २- सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध

अभ्यास

१. सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् ।

उत्तर : सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानबिच घनिष्ठ सम्बन्ध रहेको छ। सामाजिक अध्ययन नागरिक सक्षमता विकास गर्नका लागि गरिने सामाजिक विज्ञानहरूको एकीकृत अध्ययन हो, मानवलाई आफ्नो जीवनमा आवश्यक सामाजिक ज्ञान, सिप र धारणा प्राप्त गर्न सामाजिक शिक्षा हो र सामाजिक विज्ञान मानव समाज र मानव सम्बन्धहरूको वैज्ञानिक एवम् व्यवस्थित रुपमा गर्ने विधा हो।

सामाजिक विज्ञानका सबै विषयका व्यावहारिक र जीवनोपयोगी विषयवस्तुहरू समावेश गरेर सामाजिक अध्ययन विषय तयार पारिएको हो। सामाजिक अध्ययन विषयभित्र सामाजिक विज्ञानका विषयवस्तुहरू पनि समावेश गरिएका हुन्छन्। सामाजिक विज्ञानका विषयहरूमा विषयवस्तुको गहिराइसम्म पुगेर सैद्धान्तिक पक्षको अध्ययन गरिन्छ । सामाजिक अध्ययन विषयमा भने सामाजिक विज्ञानका व्यावहारिक पक्षहरूमा जोड दिइन्छ । सामाजिक विज्ञानका विषयवस्तुले मानव जीवनमा पार्ने प्रभाव र मानवले त्यसको उपयोग कसरी गर्ने तथा कसरी समायोजन हुने भन्ने कुरामा सामाजिक अध्ययन विषय केन्द्रित रहेको हुन्छ। त्यसैले सामाजिक अध्ययन बहुविषयक प्रकृतिको देखिन्छ। यसरी सामजिक अध्ययन र सामाजिक विज्ञानबाट आर्जन गरेको विभिन्न ज्ञान, सीप र व्यक्तिले आफ्नो दैनिक जीवनमा हुने गतिविधिबाट सिकिने अनियमित सिकाइ नै सामाजिक शिक्षा हो। सामाजिक शिक्षा निरन्तर रूपमा समाजमा विविध गतिविधिबाट हुने सिकाइ हो। यो कुनै औपचारिक सिकाइको विषय होइन।

अतः सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानबिच त्रिकोणात्मक सम्बन्ध रहेको छ। त्यसैले यि सम्बन्धहरू एक अर्का बिना उद्देश्यहीन, महत्वहिन, अधुरो र अपूर्ण छ भन्ने बुझिन्छ ।

२. ‘सामाजिक विज्ञान सामाजिक अध्ययन भनाइलाई पुष्टि गर्नुहोस् । आधार हो’, यस

उत्तरः सामाजिक विज्ञान स्वतन्त्र अस्तित्व भएको पूर्ण विकसित विधा हो भने सामाजिक अध्ययन सामाजिक विज्ञानका विभिन्न विषयवस्तुहरू समेटिएको एकीकृत रूप हो। सामाजिक अध्ययन विषयभित्र सामाजिक विज्ञानका सबै विषयवस्तुहरू समावेश गरिएका हुन्छन् ।सामाजिक विज्ञानका विषयहरूमा विषयवस्तुको गहिराइसम्म पुगेर सैद्धान्तिक पक्षको अध्ययन गरिन्छ । सामाजिक अध्ययन विषयमा भने सामाजिक विज्ञानका व्यावहारिक पक्षहरूमा जोड दिइन्छ । त्यसैले सामाजिक विज्ञान सामाजिक अध्ययनको एउटा आधार मात्रै हो।

‘सामाजिक विज्ञान सामाजिक अध्ययनको आधार हो’, भनाइलाई निम्न बुँदाहरूले पनि पुष्टि गर्दछ:

• सामाजिक विज्ञान ज्ञानको उत्पादव सँग सम्बन्धित हुन्छ भने सामाजिक अध्ययन ज्ञानको उपयोगसँग सम्बन्धित हुन्छ।

 • सामाजिक अध्ययन मानव जीवनको विविध पक्षसँग सम्बन्धित हुन्छ भने सामाजिक

• विज्ञान मानव जीवनको कुनै एक पक्षसँग सम्बन्धित हुन्छ।

• सामाजिक अध्ययन बढी व्यावहारिक हुन्छ भने सामाजिक विज्ञान बढी सैद्धान्तिक हुन्छ।

• सामाजिक विज्ञानका सबै विषयका व्यावहारिक र जीवनोपयोगी विषयवस्तुहरू समावेश गरेर सामाजिक अध्ययन विषय तयार पारिएको हुन्छ।

• सामाजिक विज्ञानका विषयवस्तुले मानव जीवनमा पार्ने प्रभाव र मानवले त्यसको

• उपयोग कसरी गर्ने तथा कसरी समायोजन हुने भन्ने कुरामा सामाजिक अध्ययन विषय केन्द्रित रहेको हुन्छ ।

३. सामाजिक अध्ययन छुट्टयाउनुहोस् र सामाजिक विज्ञानबिचको भिन्नता

उत्तरः सामाजिक अध्ययन र सामाजिक विज्ञानबिचको भिन्नता यसप्रकार रहेका छन्ः

सामाजिक अध्ययनसामाजिक विज्ञान
क. सामाजिक विज्ञानका विभिन्न विषयवस्तुहरू समेटिएको एकीकृत रूप हो ।क. स्वतन्त्र अस्तित्व भएको पूर्ण विकसित विधा हो ।
ख. यो ज्ञानको उपयोगसँग सम्बन्धित हुन्छ ।ख. यो ज्ञानको उत्पादनसँग सम्बन्धित हुन्छ ।
ग. मानव जीवनको विविध पक्षसँग सम्बन्धित हुन्छ ।ग. मानव जीवनको कुनै एक पक्षसँग   सम्बन्धित हुन्छ
घ. यसमा विषयवस्तुको सामान्य अध्ययन गरिन्छ ।  घ. यसमा विषयवस्तुको गहिरो अध्ययन   गरिन्छ ।
ङ. यसको उद्देश्य असल, सक्षम, सिर्जनशील तथा सभ्य नागरिक तयार पार्ने हो।ङ. यसको उद्देश्य विषयविज्ञ तयार गर्ने हो ।

Similar Posts

Leave a Comment