एकाइ – तीन

पाठ-२:-समस्या समाधान

अभ्यास

(क) समस्या भनेको के हो ?

उत्तरः बुझाई वा विचार ग्रहणमा कठिनाई परेको अवस्था समस्या हो । मानिसको उमेर, खोजको अवस्था, काम गर्ने ठाउँको वातावरण, अनुभव जस्ता कुराले कुनै विषयलाई समस्या ठान्ने वा नठान्ने कुरा निर्धारण गर्छ ।

(ख) समस्या कसरी पहिचान गरिन्छ ?

उत्तरः समस्या के हो, कसरी सिर्जना भयो र किन भयो भन्ने प्रश्नको उत्तर खोजी समस्याको पहिचान गरिन्छ।समस्या पहिचान समस्या समाधानको पहिलो र महत्वपूर्ण चरण हो । यस चरणमा हामीले समस्याको जदासम्मै गएर मूल कारण पहिचान गर्न सक्नु पर्दछ । समस्या पहिचानका लागि हामीले यस्ता कार्यहरू अपनाउन सक्छौ :

• सक्रिय सुनाइ

• समस्या विश्लेषण

• समाधानको खोज

• सञ्चार

• स्वनिर्णय

• सामूहिक भावना

• सिर्जनात्मकता

• कार्यदक्षता

(ग) समस्या समाधानका मुख्य चरण के के हुन् ?

उत्तरः समस्याको पहिचानपछि समस्याको समाधानको चरण सुरु हुन्छ। समस्या समाधान गर्न समस्याको विश्लेषण गरिन्छ । समस्याको विश्लेषणका लागि समस्याको कारण पहिचान गर्नुपर्छ । यस्तै तर्क गरेर पनि समस्या समाधान गर्न सकिन्छ । समस्या समाधानका अनेकौँ विकल्प पत्ता लगाई उपयुक्त विकल्पको औचित्य पुष्टि गरेर पनि समस्या समाधान गर्न सकिन्छ। कहिलेकाहीं समस्यालाई सिर्जनात्मक कार्यमा परिणत गर्न सकिन्छ । समस्या समाधानका लागि सकारात्मक सोच आवश्यक पर्छ ।

समस्या समाधानका निम्नलिखित चरणहरु रहेका छन्ः

• समस्या पहिचान र परिभाषा

• परिकल्पना

• परिकल्पना

• तथ्य सङ्कलन

• विश्लेषण

•निष्कर्ष

समस्या समाधानको निष्कर्षको प्रयोग

(घ) समस्याको निष्कर्ष कसरी निकालिन्छ ?

उत्तरः समस्याको कारण समस्या समाधानका लागि चयन गरिएको विकल्प र सो विकल्पसंग सम्बन्धित तथ्यका आधारमा समस्या समाधानको निष्कर्ष निकालिन्छ।

Similar Posts

Leave a Comment