एकाइ – दुई

पाठ-२:-सञ्चार एप्लिकेसनहरुको प्रयोग

अभ्यास

सञ्चार एप्लिकेसनहरूको प्रयोग

(क) ब्राउजर भनेको के हो, उदाहरण दिएर प्रस्ट पार्नुहोस् ।

उत्तरः इन्टरनेट र कम्प्युटरबिच सञ्चार सम्बन्ध स्थापना गर्ने सफ्टवेयरलाई ब्राउजर भनिन्छ, जस्तै Google Chrome, Opera, Mozilla Firefox आदि

(ख) इमेल भनेको के हो ?

उत्तरः विद्युतीय हुलाक (Electronic Mail) को छोटकरी रूप इमेल हो । यसले परम्परागत हुलाकबाट हुने पत्राचारको सट्टा इन्टरनेटमार्फत पत्राचार गर्ने कार्य गर्छ । इमेलबाट पत्राचार गर्न इमेल एकाउन्ट खोलिएको हुनुपर्छ ।

इमेलका निम्नलिखित फाइदाहरू हुन्छन्:

१. निःशुल्क पत्राचार गर्न सकिन्छ,

२. एकै पटक धेरै जनालाई पत्राचार गर्न सकिन्छ,

३. छिटो, सजिलो र विश्वसनीय रूपमा पत्राचार गर्न सकिन्छ,

४. एकै पटक धेरै ओटा डकुमेन्ट, फोटो आदिलाई पठाउन सकिन्छ,

५. पत्राचार गरिएका डकुमेन्टहरू सुरक्षित भण्डार गर्न सकिन्छ,

६. चित्र, फोटो, भिडियो वा अन्य आरकाइभ गरिएका डकुमेन्ट सुरक्षित गर्न सकिन्छ।

(ग) इमेलमा फाइल Attach गर्ने तरिका लेख्नुहोस् ।

उत्तरः इमेलमा फाइल Attach गर्ने तरिका यसप्रकारका रहेका छन्ः

१. पहिले तपाईको इमेल खातामा लग इन गर्नुहोस्,

२. त्यसपछि बायाँपट्टी कम्पोज मेल बटन क्लिक गर्नुहोस्,

३. तल संलग्न फाइलको लिंक क्लिक गर्नुहोस्,

४. त्यहाँबाट तपाईले संलग्न गर्न चाहानु भएको फाइल खोज्नुपर्नेछ,

५.यदि कहाँ हो भनेर निश्चित हुनुहुन्न भने डेस्कटप प्रयोग गर्नुहोस् वा कागजात फोल्डर प्रयोग गर्नुहोस्,

७. फाइलको आकारमा निर्भर गर्दै, यसले केही समय लिन सक्छ,

६.फाईल चयन गर्नुहोस् र ओपन क्लिक गर्नुहोस्,

८. यो तयार भएपछि संलग्नको नाम कालो आक्षरमा देखा पर्दछ र इमेलमा फाइल Attach भएको हुन्छ ।

Similar Posts

Leave a Comment