एकाइ – पाँच

पाठ २ सङ्घीय कार्यपालिका

अभ्यास

१. कार्यपालिका भनेको के हो ?
उत्तर : कार्यपालिका भनेको राज्यका तीन अगमध्येको एक महत्त्वपूर्ण अङ्ग र कानून कार्यान्वयन गर्ने निकायलाई कार्यपालिका भनिन्छ । यसलाई सरकार वा मन्त्रीपरिषद्का रूपमा लिइन्छ । नेपालको कार्यकारी अधिकार मन्त्रीपरिषद्‌मा निहित रहेको हुन्छ । नेपालमा सङ्घीय कार्यपालिका, प्रदेश कार्यपालिका र स्थानीय कार्यपालिका गरी तीन तहका कार्यपालिकाको व्यवस्था रहेको छ ।

२. कार्यपालिकाको प्रशासनिक क्षेत्रमा कुन-कुन कार्यहरू गरिन्छ?
उत्तर : कार्यपालिकाको प्रशासनिक क्षेत्रमा निम्नलिखित कार्यहरू गरिन्छन्:
(क) व्यवस्थापिकाबाट स्वीकृत कानुनको कार्यान्वयन गराउने
(ख) शान्ति, सुव्यवस्था र स्थायित्व कायम गर्ने
(ग) राज्यसम्बन्धी नीति तयार पार्ने
(घ) प्रशासन सञ्चालन, नियन्त्रण निर्देशन गर्ने
(ङ) सुशासन कायम गर्ने ।

३. प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी दिनुपर्ने मुख्य विषय उल्लेख गर्नुहोस्।
उत्तर : प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी दिनुपर्ने मुख्य विषय:
(क) मन्त्रिपरिषद्का निर्णय,
(ख) सङ्घीय संसदमा पेश गरिने विधेयक,
(ग)खण्ड (क) र (ख) मा उल्लिखित विषयमा राष्ट्रपतिले जानकारी मागेको अन्य आवश्यक विवरण
(घ)नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषय,
(ङ) बिदेशका राष्ट्र वा सरकारसँग गरिएका सन्धि, सम्झौता, समझदारी,
(च) नेपाल सरकारको आय-व्ययको वार्षिक विवरण (बजेट),
(छ) मुलुकको शान्ति सुरक्षा सम्बन्धी प्रमुख विषय
(ज) नेपाल सरकारको प्रतिवर्षको नीति र कार्यक्रमलाई व्यवस्थापिका-संसदको सामना मा प्रस्तुत गर्नुहोस्।
(झ) राष्ट्रिय सुरक्षा परिषद्‌को सिफारिसमा गरिएका निर्णयका सम्बन्धमा बनेका विषयहरू।

४. सङ्घीय कार्यपालिका र प्रदेश कार्यपालिकाका विभाजन लेख्नुहोस् ।
उत्तर: सङ्घीय कार्यपालिकामा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ भने प्रदेश कार्यपालिकामा बहुमत प्राप्त प्रदेश संसदीय दलको नेता मुख्यमन्त्री हुन्छ । सङ्घीय कार्यपालिकाको कार्यक्षेत्र नेपाल राज्यभर रहन्छ भने प्रदेश कार्यपालिकाको कार्यक्षेत्र आफ्नो प्रदेशभित्र मात्र सीमित रहेको हुन्छ । सङ्घीय कार्यपालिकाका कार्य नेपाल सरकारका नामबाट हुन्छ भने प्रदेश कार्यपालिकाका कार्य सम्बन्धित प्रदेश सरकारका नामबाट हुन्छ । जस्तै मधेश प्रदेश सरकार, : बाग्मती प्रदेश सरकार आदि । सङ्घीय कार्यपालिकाले प्रशासनिक कार्य, कूटनीतिक कार्य, आर्थिक कार्य, सुरक्षासम्बन्धी कार्य गर्दछ भने प्रदेश कार्यपालिकाले मूलत: प्रदेशको प्रशासनिक कार्य, आर्थिक कार्य र प्रदेशको आन्तरिक शान्तिसुव्यवस्थाको कार्य गर्दछ ।

५. यदि तपाईंलाई नेपालको प्रधानमन्त्री बन्नको अवसर मिलेको भए, तब देशमा सुशासन कायम गर्नका लागि के-के कामगर्नुहुन्थ्यो ? बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।
उत्तर : म नेपालको प्रधानमन्त्री भएँ भने देशमा सुशासन कायम गर्न निम्न कार्य गर्दै :-
(क) विधिको शासन स्थापना गर्ने
(ख) राष्ट्रसेवक कर्मचारीलाई जबाफदेही, जिम्मेवार, प्रभावकारी र दक्ष बनाउने
(ग) हरेक गतिविधिलाई पारदर्शी बनाउने
(घ) जनसहभागितामा अभिवृद्धि गर्ने
(ङ) सार्वजनिक सेवा प्रवाहलाई त्वरित र जनमुखी बनाउने।
(च) राष्ट्रसेवक कर्मचारीको सेवासुविधा वृद्धि गर्ने
(छ) भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने ।

Similar Posts

Leave a Comment