एकाइ – आठ
पाठ-२ वर्तमान संविधानको राजनितिक, कानुनी, आर्थिक र सांस्कृतिक विशेषता
१. संविधानका कानूनी विशेषताहरुले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन्, उदाहरण दिएर प्रस्ट पार्नुहोस्।
उत्तरः संविधानका कानूनी विशेषताहरुले प्रत्येक नागरिकलाई कसरी कानुनी राज्यको अनुभूति गराउन सक्छन् भन्दै गर्दा हामीले सर्वप्रथम कानुनी राज्य के हो भन्ने बुझ्नु पर्दछ । राज्य सञ्चालनमा कानुनको सर्वोच्चता हुने व्यवस्था नै कानुनी राज्य हो । यसका अलावा सबैलाई कानुनको समान प्रयोग, राज्यका सम्पूर्ण कार्यहरू कानुनका आधारमा सञ्चालन हुनुलाई कानुनी राज्यका गुण मानिन्छ । नेपालको संविधानले पनि कानुनी राज्यका मूल्य-मान्यतालाई अंगीकार गरेको छ।
वर्तमान संविधानका कानूनी विशेषताहरुले प्रत्येक नागरिकलाई यस् प्रकारले कानुनी राज्यकोअनुभूति गराउन सक्छन्:
• स्थिर र बलियो सरकार,
• कानुनको क्रियाशीलता र यसप्रति सबैको प्रतिबद्धता,
• कार्यान्वयनयोग्य कानुनको परिबन्ध,
• कानुन सार्वजनिक गरिएको हुनुपर्छ,
• निष्पक्ष र तर्कपूर्ण कानुनी प्रबन्ध,
• निष्पक्ष र तटस्थ कर्मचारीतन्त्र,
• उचित र जायज कार्यलाई जोड दिने कानुन,
• राज्यका अंगबीच सन्तुलन कायम गर्ने व्यवस्था,
• स्थिर एवं परिवर्तनशील कानुन,
२. नेपालको आर्थिक विकासमा संविधानको भूमिका विषयमा एक लेख तयार पार्नुहोस्।
उत्तरः मुलुकको आर्थिक वृद्धि र विकासको लागि कृषि, उद्योग, पर्यटन, जलस्रोत लगायतका अन्य पक्षहरुमा संविधानको भूमिका आवश्यक छ। कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, बजारीकरण, तथा व्यावसायिकरण गर्न राज्यले व्यावहारिक र प्रभावकारी नीतिगत व्यवस्था गरी कार्यान्वयनमा जोड दिने जस्ता यावत् कार्यहरू संविधानमा उल्लेख गर्न आवश्यक छ। त्यस्तै उद्योग, पर्यटन, जलविद्युत तथा ऊर्जाको विकासको लागि देशमा औद्योगिक शान्ती सुव्यवस्था कायम गरी लगानीमैत्री वातावरण तयार गर्दै स्वदेशी तथा बाह्य लगानी भित्र्याउन पहल गर्नुपर्छ । बढ्दो व्यापार घाटा हटाउन आन्तरिक उत्पादनमा जोड दिई आयात प्रतिस्थापन गर्नुको विकल्प छैन । मुलुकको जनसांख्यिक लाभांशको उच्चतम् उपयोग गर्न मुलुकमै पर्याप्त रोजगारीका अवसरहरुको सिर्जना गरी युवाहरुको विदेश पलायनलाई रोक्नुपर्छ ।
सरकारले आ.व. २०७६/२०७७ को नीति तथा कार्यक्रममार्फत चार वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदर १० प्रतिशत भन्दा माथिको हासिल गर्ने लक्ष्य राखेको छ । वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने तथा सन् २०३० अगावै दिगो विकासका लक्ष्यहरु हासिल गरी मुलुकलाई मध्यमस्तरीय आय भएको र वि.स. २१०० सम्ममा उच्च मध्यकस्तरको आय भएको सभ्य, सुसंस्कृत र विकसित मुलुकमा रुपान्तरण गर्ने सोच बुनेको छ । जसका लागि मुलुकको आर्थिक सामाजिक नीतिहरु र कार्यक्रमहरुबीच उचित तालमेल मिलाउनु अहिलेको पेचिलो मुद्दा हो। सरकारले आर्थिक विकास र समृद्धिका लागि पर्याप्त रोजगारी सिर्जना गर्ने, आन्तरिक उत्पादन बढाउने, स्वदेशी र विदेशी लगानी प्रवर्द्धन गर्ने, आयात प्रतिस्थापन गर्न तुलनात्मक लाभका वस्तु तथा सेवाको पहिचान गरी मुलुकको पहिचान र क्षमता बढाउने, संघीयता कार्यान्वयनमा देखापरेका समस्याहरुको निकास खोज्ने, सरकारको पूँजीगत खर्च अभिबृद्धिमा जोड दिने, आर्थिक सम्प्रभुतालाई दरिलो बनाउने खालका नीति र कार्यक्रमहरु संविधानको आर्थिक योजनामा तय गर्नुपर्छ।
देशमा चुलिदो भ्रष्टाचार र सुशासनको गिर्दो अवस्थालाई रोक्न कानूनको परिपालना, प्रशासनको सुधार, नागरिक चेतना, सरकार र राजनीतिक दलहरुको प्रभावकारी शासनको लागि प्रतिबद्धता आवश्यक छ। यसर्थ, आर्थिक विकासका यि तमाम पक्षहरुको सबलीकरण, विकास, दीगोपना, गतिशीलता र विकासमा सुशासन कायम गर्नका लागि सरकारको पर्याप्त लगानी, क्षेत्रगत नीतिहरुमा सुधार, पर्याप्त अध्ययन अनुसन्धान र निजी क्षेत्र, बजार, उपभोक्ता र विकास साझेदारहरुबीच विश्वासपूर्ण तथा प्रभावकारी सहकार्य अपरिहार्य छ ।
३. ‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधाले पनि सम्बोधन गरेको छ ।‘ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
उत्तरः नेपालको संविधानको प्रसतावनामा “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य” वाक्य उल्लेख गरिएको छ र यसका लागि अन्य कानुन, हक, अधिकार र कर्तव्यहरु पनि समेटिएको छ। त्यसैले नेपालको संविधानको प्रसतावनामा उल्लेख यस वाक्य र अन्य संविधानका सांस्कृतिक विशेषताहरूबाट ‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधाले पनि सम्बोधन गरेको छ’ भन्ने पुष्टि हुन्छ ।
नेपालको संविधानमा उल्लेख संस्कृतिक विशेषताहरू निम्नलिखित छन्:
• नेपालको संविधानमा धार्मिक स्वतन्त्र तार धर्म निरपेक्षता को व्यवस्था रहेको,
• धार्मिक सांस्कृतिक सहिष्णुता मा जोड दिइएको,
• अर्का को धर्ममा खलल पार्ने काम वा व्यवहार गर्न वा गराउन नहुने र त्यस्तो काम कानुन अनुसार दण्डनीय हुने प्रावधान रहेको,
• धर्म, परम्परा रसंस्कृति को आधारमा भेदभाव र शोषण गर्न नपाइने व्यवस्था रहेको,
• राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य निर्धारण गरिएको,
• राष्ट्रिय तथा मातृ भाषाको संवर्धनका लागि भाषा आयोगको गठन गरिएको,
• आफ्नो भाषा लिपिर संस्कृतिको संरक्षण तथा संरक्षक सम्बन्धी मौलिकहकको व्यवस्था रहेको आदि।
४. वर्तमान नेपालको संविधान का राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस्।
उत्तरः वर्तमान नेपालको संविधानका राजनीतिक विशेषताहरू निम्नानुसारका छन्ः
• राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व को व्यवस्था गरिएको,
• तीन तहमा राज्य शक्ति को बाँडफाँड गरिएको,
• गणतान्त्रिक व्यवस्था अन्तर्गत राष्ट्रिपति र उपराष्ट्रपतिको व्यवस्था रहेको,
• कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका विचमा शक्ति सन्तुलन एव म्नियन्त्रणको व्यवस्था,
• बहुदलीय प्रतिस्पर्धा र बालिक मताधिकार को प्रत्या भूत गरिएको,
• दल सम्बन्धी व्यवस्था रहेको,