एकाइ – चार
पाठ-२: मानव समाजको विकासक्रम
अभ्यास
मानव समाजको विकासक्रम
१. कार्ल माक्र्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानिका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् ।
उत्तर: कार्ल मार्क्सले अहिलेको समाजको विकास निम्नानुसारका चरणहरू पार गर्दै भएको हो भनी व्याख्या गरेका छन्ः
(क) आदिम साम्यवाद
(ख) दासप्रथा
(ग) सामन्तवादी समाज
(घ) पुजीवादी समाज
यसै गरी मानवशास्त्रीहरू ई. बी. टाइलर र ए. एल. मोर्गानका अनुसार समाजको विकास निम्नलिखित तीन चरणमा भएको मानिन्छ:
(क) ढुङ्गे युग (प्रारम्भिक चरण)
(ख) बर्बर युग (मध्यकालीन चरण)
(ग) सभ्य युग (आधुनिक चरण)
२. तपाईं बस्ने समाज समाज विकासका कुन चरणसँग मिल्दोजुल्दो छ, आफ्नो तर्क लेख्नुहोस् ।
उत्तरः म बस्ने समाज ई. बी. टाइलर र ए. एल. मोर्गानका समाज विकासको दृष्टिकोणबाट सभ्य युग अर्थात् आधुनिक चरणसँग मिल्दोजुल्दो छ र कार्ल मार्क्सको समाज विकासको दृष्टिकोणबाट पुँजीवादी समाजसँग मिल्दोजुल्दो छ ।
माथिका चरणहरु र वर्तमान विश्व परिवेशबिच यसप्रकारका समानत रहेका छन्ः
• मानिस, समाज र संस्कृतिको उच्चतम विकास,
• वैज्ञानिक अविस्कार, भाषा साहित्य, सङ्गीत कला, समाजिक संस्थाको विकास,
• उद्योग, व्यापार, सूचना प्रविधिमा विकास, आधुनिक कृषि प्रणालीको विकास,
• निजी सम्पत्तिको महत्व, प्रतिस्पर्धामार्फत बढीभन्दा बढी मुनाफा कमाउने प्रयास जस्ता पुँजीवादी चरित्र आदि ।
३. नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
उत्तरः आजभन्दा करिब ९ हजार वर्ष अगाडिबाट सुरु भएको नवपाषाण युग (Neolithic period) लाई सांस्कृतिक परिवर्तनका आधारमा क्रान्तिकारी युगसमेत भन्ने गरिन्छ । नवपाषाण युग ढुङ्गे युगको तेस्रो युग हो ।
नवपाषाण युगको सामाजिक सांस्कृतिक विशेषताहरू निम्नलिखतका छन्ः
जीवनशैलीका सट्टा स्थायी बसोबास सुरु गर्ने क्रममा कृषि र पशुपालनलाई अंगालेका कुरा पुरातात्विक खोजहरूले देखाएका छन् ।
खेतीपाती र पशुपालनको व्यापक विकाससँगै नवपाषाण युगको समाजले अनेकौं सामाजिक र सांस्कृतिक परिवर्तनहरू साक्षात्कार गर्यो । कपडा लगाउने बानीको विकास भयो । स्थायी बसोबास तथा खेतीपाती गर्नका लागि जमिन ओगट्ने क्रम बढ्दै गर्दा व्यक्तिगत सम्पत्तिलाई अधिक महत्त्व दिन थालियो । यसले गर्दा समाजमा असमानताको समेत विकास हुन थाल्यो । समाजमा धर्मकर्म संस्थागत हुँदै गए भने राजनीतिक चेतनाको विकाससँगै ससाना राज्य र रजौटाहरूले शासन गर्ने पद्धतिसमेत सुरु हुँदै गयो । नवपाषाण युगको चरम विकास हुने क्रममा धातुको आविष्कार भई यसलाई ढुङ्गाको सट्टा औजार बनाउने काममा प्रयोग गर्न थालियो।
अतःयसप्रकार नवपाषाण सामाजिक संस्कृतिक विकासको चरम रूपमा लिंदा धातु युग हुँदै सभ्यता (Civilization) को विकासका लागि बलियो जग खडा गर्यो ।
४. नवपाषाण युग (Neolithic period) लाई क्रान्तिकारी युग भनिन्छ । आफ्नो तर्कसहित पुष्टि गर्नुहोस् ।
उत्तर: आजभन्दा करिब ९ हजार वर्ष अगाडिबाट सुरु भएको नवपाषाण युग (Neolithic period) लाई सांस्कृतिक परिवर्तनका आधारमा क्रान्तिकारी युगसमेत भन्ने गरिन्छ । ढुङ्गे औजारमा आएको व्यापक परिवर्तनसँगै कृषिको विकासलाई सबैभन्दा क्रान्तिकारी परिवर्तनका रूपमा पुरातत्वविदहरू व्याख्या गर्दछन् । यसै कालखण्डबाट मानिसले घुमन्ते, सिकारी जीवनशैलीका सट्टा स्थायी बसोबास सुरु गर्ने क्रममा कृषि र पशुपालनलाई अंगालेका कुरा पुरातात्विक खोजहरूले देखाएका छन् ।