एकाइ – पाँच

पाठ-२: मानव र वातावरण

अभ्यास

१. वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरुलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।

उत्तरः वातावरणीय स्रोतको समुचित प्रयोग गरि मानव एबम प्राकृतिक स्रोत बीच अन्तर्निहित सम्बन्धलाइ सुसोभित तुल्याउनु नै वातावरण संरक्षण हो भने मानिसले आफ्ना सुख सुविधाका लागि गर्ने क्रियाकलापले वातावारण प्रतिकूल हुने अवस्थालाई वातावारण विनाश भनिन्छ। वातावरणबाट हामीले प्रत्यक्ष लाभ जस्तै गाँस, वास र कपास तथा अप्रत्यक्ष लाभ जस्तै जल चक्र, पोषक तत्त्वको चक्र, परागसेचन, माटो निर्माण आदि पाइरहेका हुन्छौँ । वातावरण संरक्षण गर्दा हुने फाइदाहरु यसप्रकार रहेका छन्ः

• बाहिरको तापक्रम काम गर्दछ,

• स्वच्छ हावा र सफा पानी प्रदान गर्दछ,

• प्रकृति, जैवविविधता र इकोसिस्टम संरक्षण गर्दछ,

• उत्तम औषधीको लागि अधिक बोट बिरुवाहरु विकास हुन्छ,

•स्वच्छ वातावरण र स्वच्छ जीवन निर्माण गर्दछ ।

•वातावारण विनाश गर्दा आइपर्ने समस्याहरु यसप्रकार रहेका छन्ः

•स्वच्छ वातावरण र स्वच्छ जीवन निर्माण गर्दछ ।

• हावापानी प्रदूषित भए मौसम परिवर्तन हुने र बिग्रन गई स्वास्थ्यमा प्रतिकूल असर पर्ने,

• हरिया वनजङ्गल नभई मरुभूमिकरण हुने, • बाढीपहिरोले भूक्षय हुने, बाटोघाटो बिग्रने र सम्पूर्ण जीवनलाई नै असर पर्ने,

• खेतीपातीमा लगाइएका बाली नष्ट हुने,

• बर्षात नभै अतिवृष्टि, खण्डवृष्टि भई उत्पादनमा प्रतिकूल असर पर्नेलगायत विभिन्न प्रकोपहरु हुनगई मानव जीवन र सम्पूर्ण राज्य, विश्वलाई समेत नकारात्मक असर पर्ने,

• हिमालहरु पग्लने, पानीका मुहाहरु सुक्ने जस्ता समस्याहरु देखा पर्ने,

• पृथ्वीको तापक्रम बढ्ने जस्ता सङ्कटहरु देखापर्ने,

• जीवहरु नष्ट हुने, बन्यजन्तुको वासस्थान लोभ हुने, उब्जनी कम परिवर्तन हुने, साथै जलवायु

• मानिसमा हृदयघाट, श्वासप्रश्वासमा समस्या, क्यान्सर जस्ता विभिन्न रोगहरु देखापर्ने आदि ।

अन्ततः मानिसले ‘स्वस्थ्य नै जीवन हो” भन्ने कुरा कदापि बिर्सिनुहुँदैन। वातावरण स्वच्छ हुदा मात्र मानिस स्वस्थ बन्न सक्दछ भन्ने कुरालाई सबैले आत्मसात गर्नुपर्दछ । त्यसैले सबै मिलेर वातावरणको संरक्षण गर्न आजको आवश्यकता नै हो। यसको संरक्षणक लागि कारवा गर्न कसैले पनि कन्जुस्याइँ गर्नुहुदैन, जुन कम गर्दा वातावरणमा नराम्रो असर पर्छ, त्यस्ता कामहरु बिर्सेर पनि गर्नुहुँदैन ।

२. बातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।

उत्तरः वातावरण सम्पूर्ण प्राणीका लागि घर हो । वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ। वातावरणका प्राकृतिक श्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ। मानिस आज जुन अवस्थामा छ त्यो सम्पूर्ण रूपमा वातावरणको देन हो । वास्तवमा भन्नुपर्दा वातावरणको अत्याधिक शोषणका कारण विश्वको यो विकास सम्भव भएको हो । मानव जीवनको अस्तित्व वातावरणमा अडिएको छ। चाहे त्यो भौतिक वातावरण होस वा अभौतिक वातावरण व्यक्ति वा सिङ्गो समुदायको विकास प्रक्रियामा वातावरणीय परिस्थितिको महत्त्वपूर्ण भूमिका रहन्छ।

वातावरण संरक्षकत्व निभाउने प्रमुख दायित्व मानव समुदायको हो । पृथ्वीमा घटित किसिमका उतारचढावका मुख्य हिस्सेदार मानवजातीको अमानवीय सोच रहेको छ। वातावरण असन्तुलन, हरितगृह ग्यासको बढ्दो उत्सर्जन, जलवायु परिवर्तन अतिबृष्टी अनाबृष्टी लगायतका सम्पुर्ण समस्याहरु मुख्यत मानव जातीबाट नै सृजित समस्याहरु हुन् । फलत: पृथ्वीको आयु सुक्ष्म तरिका बाट पेचिलो बन्दै गएको छ । मानव समाजको अकर्मण्यताको कारण प्राकृतिक स्रोतसाधनमा ह्रास आइराखेको छ भने अर्कोतिर अदुर्दर्शिताका कारण मानव समाज नै एकादेशको कथा पो हुने हो कि भन्ने भयबाट गुज्रिन बाध्य छ । बढ्दो औधोगिकरण, शहरीकरण एवं प्राकृतिक स्रोतसाधनको अनुचित प्रयोगले पृथ्वीमा रहेका सम्पुर्ण जिवजन्तु र बनस्पतिको औसत आयुमा कमि आइरहेको देखिएको छ । हाल बिस्वमा २५% हृदय रोगहरु वायु प्रदुषणबाट सृजित हुने साथै २.४ लाख व्यक्ती बार्षिकरुपमा सोहि कारणले मृत्यु भएको तथ्यांकले वातावरण संरक्षण कत्तिको आवश्यकता हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । पृथ्वी सबैको साझा घर हो भन्ने हुदाहुदै आफ्नै खुट्टामा लात हान्ने प्रवृत्ति हावी हुदा यो असन्तुलन देखिनुको प्रमुख कारण हो ।

अन्ततः प्राकृतिक लालित्यको नमुना पृथ्वी दिनानुदिन बढ्दै गइराखेको वातावरण चुनौतिवाट गुज्रिन बाध्य भैराखेको छ । वातावरण संरक्षण हामी सबैको जिम्मेवारी हो भन्ने बुझाइ हुनु एक सबल पक्ष भयतापनि कथित आर्थिक तथा भौतिक बिलासिताले गर्दा मुख् एजेन्डा बन्न नसक्नु निकै दुर्भाग्यपुर्ण हो । प्रकृतिसङ जिवनका हरेक आमोदप्रमो कीद जोडिएकाले समेत वातावरण संरक्षणलाइ बिशेष जोड गर्दै प्रथामिकतामा राख्नु बाहेक बिकल्प छैन। यसर्थ, बिस्वले वातावरण संरक्षणका चुनौतिका बिशाल र बिशालु काडाहरु पन्छाउदै सकारात्मकता एवं सुन्दर फुलहरु द्वारा वातावरणीय सुन्दरतालाई कायम राख्न बिशेष रुपमा अग्रसर हुनै पर्दछ। तब मात्र पारस्परिकता तथा अन्तर्सम्बन्धको समग्रतालाइ समेटी वातावरण संरक्षणको नयाँ सुर्योदय हुनेछ !

Similar Posts

Leave a Comment