एकाई: ११

पाठ: २ आधुनिक र परम्परागत सेवा पद्धति

(क) आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।

उत्तरः
आयुर्वेद चिकित्सा पद्धति एक उत्कृष्ट आयुर्वेदिक उपचार विधि हो। यसलाई प्राचीन चिकित्सा पद्धतिका रूपमा समेत लिइन्छ। तसर्थ आयुर्वेद चिकित्सा विज्ञान मात्र नभएर समस्त मानव जातिलाई स्वस्थ, सुखी र सामाजिक जीवनयापन गर्नका लागि मार्गदर्शन गर्ने विज्ञान हो

आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू यसप्रकार रहेका छन्:
• दिर्घरोगीहरु, जीवनशैलीगत रोगहरु र नसर्ने रोगहरु को व्यवस्थापनमा सहयोगी सिद्ध हुने,
• जडिबुटीहरुबाट बनेको औषधि आयुर्वेद उपचार पद्धतिमा प्रयोग हुने भएकोले यसको दुष्प्रभाव कम हुन्छ, स्थानीय स्तरमा उपलब्ध जडीबुटीबाट उपचार गर्नसकिने हुनाले कम खर्चिलो र बढी प्रभावकारी हुने,
• प्रकृतिबाट प्राप्त जडिबुटी नै प्रयोग हुने हुँदा मानव स्वास्थ्यमा राम्रो प्रभाव पर्नजाने र वातावरणमैत्री हुने,
• यो पद्धतिले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै, फेरि रोग लाग्ने सम्भावना हुँदैन,
• शरीरको पूर्ण रूपमा (शारीरिक तथा मानसिक दुवै हिसाबले) शुद्धीकरण हुने भएकाले नयाँ ऊर्जा प्राप्त हुन्छ,
• पाचन क्षमता वृद्धि गर्नका साथै इन्द्रियको कार्यक्षमतामा समेत अभिवृद्धि हुन्छ,
• स्मरणशक्तिमा सुधार हुन्छ। त्यस्तै, यौन स्वास्थ्य तथा क्षमताको पनि विकास हुन्छ,
• अन्य उपचार प्रणालीबाट निको नभएका जटिल रोग सजिलै निको पार्न सकिन्छ ।

(ख) होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?

उत्तरः
होमियोप्याथिक चिकित्सा प्रणाली विश्वका चिकित्सा प्रणालीहरु मध्ये एक पद्धती हो । सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्धती संसारभर प्रचलनमा आएको हो ।
विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्धती लाभदायक हुने चिकित्सकहरु बताउँछन् । होमियोप्याथिक उपचार जर्मनीबाट सुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान, बङ्गलादेश, श्रीलका र नेपाल भित्रिएको हो। नेपालमा यो पद्धती राणाकाल मै भित्रिए पनि सरकारी स्तरमा वि स. २०१० मा मात्र सुरुवात भएको हो। होमियोप्याथिक उपचार पद्धती अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुने एकमात्र सरकारी स्वामित्वको पशुपति होमियोप्याथिक चिकित्सालयका डा. प्रेमनारायण श्रीवास्तबले बताए । होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ।

(ग) प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।

उत्तरः औषधीको सेवन नगरी उपचार गरिने विधि नै योग तथा प्राकृतिक चिकित्सा पद्धति हो । यो चिकित्सा पद्धति पञ्चमहाभूतमा आधारित छ। यस पद्धतिमा पृथ्वी, , जल, तेज, वायु र आकाशमा आधारित प्राकृतिक रूपमा पाइने वस्तुहरूको समिश्रणबाट रोगको उपचार गर्ने गरिन्छ। यस चिकित्सा पद्धतिमा योग तथा ध्यान, मालिस, अकुपन्थर, अकुप्रेसर, जल तथा मृत्तिका उपचार पद्धति, उपवास, शारीरिक कसरत, भोजन परामर्शलगायतका विभिन्न विधिद्वारा रोगको उपचार गरिन्छ । यस पद्धतिले रोगी व्यक्तिलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउँछ ।

प्राकृतिक उपचार पद्धतिका विशेषताहरू निम्नानुसार रहेका छन्ः
• सबै रोगहरू, त्यसका कारण र उपचार एउटा हो। दुख्ने र पर्यावरणीय स्थितिलाई छोडेर, सबै रोगहरूका कारण एउटै हुन् जबकि शरीरमा रुग्णताकारक पदार्थहरूको सञ्चय हुनु हो। सबै रोगहरूको उपचार शरीरबाट रुग्णताकारक पदार्थको उन्मूलन हो।
• रोगको प्राथमिक कारण रुग्णताकारक पदार्थको सञ्चय हुनु हो। बेक्टेरिया र भाइरस शरीरमा प्रवेश गरी तबसम्म जीवित रहन्छन् जबसम्म रुग्णताकारक पदार्थको सञ्चय भइ रहन्छ र त्यसका विकासका लागि एउटा अनुकूल वातावरण शरीरमा स्थापित भएको हुन्छ। अतः रोगको मूल कारण रुग्णताकारक पदार्थ हो र बेक्टेरिया दोस्रो कारण हो।
• गम्भीर बिमारीहरू शरीरद्वारा आत्त चिकित्साको प्रयास हुन्छ। अतः ती हाम्रा न मित्र हुन्, न शत्रु। पुरानो रोग, गम्भीर बिमारीहरूको गलत उपचार र दमनको परिणाम हो ।

Similar Posts

Leave a Comment