एकाइ – छ

पाठ:-१ विश्व इतिहासको लेखन र मूल प्रवृति

अभ्यास

१. इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् ।

उत्तरः विगतको घटनाको वर्णनलाई इतिहास भनिन्छ । विश्व इतिहास लेखनको सुरुआत प्राचीन युरोपबाट भएको मानिन्छ । सुरुमा इतिहासको वर्णन मौखिक रूपमा हुने गर्दथ्यो । विभिन्न कथा, , गीत र कवितामार्फत इतिहासका घटनाहरू सुनाउने गरिन्थ्यो । पछिल्ला पुस्तामा यसरी नै इतिहासको जानकारी हुँदै आएको थियो ।

इतिहास लेख्ने चारवटा प्रवृत्तिहरु यसप्रकार रहेका छन्ः

(क) पूर्ववर्ती घटनाहरूको सङ्ग्रहका रूपमा इतिहास लेख्ने प्रवृति (Antecedents Trend) (ख) विश्लेषणात्मक इतिहास लेखन प्रवृत्ति (Annalistic Trend) (ग) प्रबन्धात्मक इतिहास लेखन प्रवृत्ति (Monographic Trend) (घ) वैज्ञानिक प्रवृत्ति (Scientific Trend)

२. इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।

उत्तरः सत्रौं शताब्दीदेखि इतिहासका मूल प्रवृत्ति ज्ञानको विस्तार ( Enlightenment) औद्योगिकीकरण, साम्राज्यवाद, राष्ट्रवाद, राजनीतिक क्रान्ति, विश्व युद्ध, शीत युद्ध, उपनिवेशवाद र विश्वव्यापीकरणतर्फ उन्मुख भएको पाइन्छ । इतिहास लेखनका मूल प्रवृत्तिहरु निम्नानुसार रहेका छन्:

(क) पूर्ववर्ती घटनाहरूको सङ्ग्रहका रूपमा इतिहास लेख्ने प्रवृति (Antecedents Trend) :

 यो प्रवृत्तिमा विगतका घटनाहरूको कालक्रमको विवरण मात्र टिपेर घटनालाई जस्ताको तस्तै सङ्ग्रह गरी इतिहास तयार गरिन्छ। यसमा घटना विश्लेषण हुँदैन ।

(ख) विश्लेषणात्मक इतिहास लेखन प्रवृत्ति (Annalistic Trend):

विश्लेषणात्मक इतिहास लेखन प्रवृत्तिको सुरुआत रोमन इतिहासकार बनायस जेलियसले गरेका थिए । यस प्रकारको लेखनमा कुनै एउटा घटना वा तथ्य जहिलेसम्म र जसरी विकसित हुँदै जान्छ तबसम्म त्यसको अध्ययन र विश्लेषण गर्दै त्यसका बारेमा विस्तारमा इतिहास लेख्ने क्रम रहन्छ ।

(ग) प्रबन्धात्मक इतिहास लेखन प्रवृत्ति (Monographic Trend):

इतिहास लेखनको यो विश्वभर प्रचलित परम्परा हो। यस परम्पराअनुसार इतिहास लेखन गर्दा ऐतिहासिक घटना वा विषयवस्तुलाई विशेष लेखका रूपमा इतिहासकारको धारणा मिसाएर प्रस्तुत गरिन्छ । यसमा इतिहास पढ्ने पाठकले लेखकको धारणाअनुसार नै आफ्नो धारणा विकसित गर्दछ ।

(घ) वैज्ञानिक प्रवृत्ति (Scientific Trend):

यस प्रवृत्तिमा तथ्य तथा प्रमाणहरू खोजी गरी सोका आधारमा विषयवस्तुको व्याख्या विश्लेषण गर्दै इतिहास लेख्ने काम गरिन्छ ।

Similar Posts

Leave a Comment