एकाइ – पाँच

पाठ-१: विश्वमा नेपाल

अभ्यास

१. विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरू भएको गौरवशाली देशका रूपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरू र थप बुँदाहरू समेटेर पुष्टि गर्नुहोस् ।

उत्तरः नेपाल विश्वमा नै अलग पहिचान भएको विशिष्ट देश हो । विश्व मानचित्रमा आकारले सानो देखिए पनि नेपाललाई चिनाउने धेरै कुराहरू रहेका छन् ।

• विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरू भएको गौरवशाली देशका रूपमा चिनाउने विशिष्ट विशेषताहरु यसप्रकार रहेका छन्ः

• नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । यो दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको छ ।

• नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ ।

• कूल क्षेत्रफल १,४७,५१६ वर्ग कि.मि. (५६, ९५६ वर्ग माइल) रहेको नेपालले विश्वको कूल भू-भागको ०.०३% र एसिया महादेशको ०.३% भू-भाग ओगटेको छ ।

 • नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ ।

• फरक-फरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पि विविध प्रकारको हावापानी पाइन्छ हावापानीको आधारमा ऋतुहरूको विभाजन गरिएको छ ।

• नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको मुलुक हो ।

• विश्वकै गहिरो अरुण उपत्यकादेखी सर्वोच्च शिखर सगरमाथा यहीँ अवस्थित छ ।

• जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।

• नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसाँस्कृतिक विशिसतायुक्त देश हो, यहाँ साँस्कृतिक विविधताभित्र एकता पाइन्छ ।

२. ‘भौगोलिक अवस्था र जनजीवन बिचमा घनिष्ट सम्बन्ध रहेको हुन्छ’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तरः मानिसका हरके क्रियाकलापलाई भौगलिक वातावरणले प्रभाव पारेको हुन्छ । वातावरण अनुसार उनिहरुको पेशा, क्रियाकलाप, खानपान, लवाइखवाई, रहनसहन, चाडपर्व, आदि पनि फरक फरक हुने गर्दछ । नेपाल एक भौगलिक हिसावले हिमाल, पहाड र तराई गरी तिन भागमा विभाजित छ । यी तीन वटै क्षेत्रहरुमा वसोवास गर्ने मानिसहरुको जनजीवनमा भौगलिक वातावरणले प्रभाव पारेको छ ।

हिमाली क्षेत्रमा अधिक उचाई भएका भुभाग पर्ने र यहाँ अधिक ठण्डा हावापानी हुने भएकाले यहाँ वसोवास गर्ने मानिसहरुले यसै हावापानी सँग अनुकुलित हुने गरी जीवनयापन गर्दछन् ।

यस क्षेत्रमा शेर्पा, भोटे, थकाली आदि जातिहरुको बाहुल्यता रहेको छ । यस क्षेत्रमा पानि नपर्ने रहिम वर्षा हुने हुँदा घरमा छतहरु निर्माण गर्दा ढुङगा, खर, जस्तापाता प्रयोग नगरी माटोले छाउने गरीन्छ। अधिक जाडो हुने र धान, मकै उब्जाउ नहुने हुँदा यहाँ मुख्य खानाको रुपमा फापर, जौ, आलु, रक्सी, भेडा, च्याग्राको मासु, , चौरीको दुध आदि प्रयोग हुने गर्छ ।

अधिकाँश पहाडी प्रदेशको हावापानि स्वास्थ्यवद्र्धक रहेको छ। पहाडका वासीन्दाहरु हुष्टपुष्ट तथा निरोगी हुन्छन् । यहाँका घरमा छतहरु ढुङगा, खर तथा टिनको छाना लगाई निकै आकर्षक ढंगले सजाउने गरीन्छ । यहाँका मानिसहरुको मुख्य खाद्यान्नको रुपमा धान, कोदो, मकै, दुध, दही आदि हुने गरेको छ । भिरालो जमिन समेत भएकोले अधिक वर्षा भ समयमा बाढी र पहिरोको जोखिम यस क्षेत्रम रहन्छ ।

तराई प्रदेशको हावापानि मानव स्वास्थ्यको लागि त्यति उपायोगी नभएपनि उब्जाउयोग्य जमिनले गर्दा यो क्षेत्र अन्न भण्डारका रुपमा प्रख्यात छ । यहाँ अधिक गर्मी हुने हुँदा यहाँका मानिसहरुले पातलो र खुकुलो लुगा प्रयोग गर्ने गर्दछन् । यहाका मुख्य वालीहरु धान, मकै, गहुँ, मसुरो, विभिन्न नगदेवालीहरु, तरकारी वालीहरु आदि रहेका छन् । उचाई कम भएको र समथर मैदान भएकाले वर्षाको समयमा डुवानको समस्या देखा पर्ने गर्दछ ।

समग्रमा रुपमा भन्नुपर्दा मानिसको जनजीवनका निम्नलिखित पक्षहरुमा भौगलिक वातावरणले प्रभाव पार्दछ:

 • आर्थिक क्रियाकलापहरुमा

• भेषभुषा र खानपानमा

• सामाजिक साँस्कृतिक प्रचलनहरुमा

• जनसँख्याको बनोट र वितरणमा

• सामाजिक स्वरुप र संरचनमा

• विकासमा पुर्वाधारहरुको विकास र विस्तारमा

अन्त्यमा, भौगोलिक अवस्था र जनजीवन बिचमा घनिष्ट सम्बन्ध रहेको हुन्छ साथै मानिसको गाँस, बास र कपासमा प्रभाव परिरहेको हुन्छ।

Similar Posts

One Comment

Leave a Comment