एकाइ-नौ

पाठ:-१ मानव बस्ती

१. बस्ती भनेको के हो, बस्तीको वर्गीकरणका आधारहरू लेख्नुहोस् ।

उत्तरः मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई मानव बस्ती भनिन्छ । मानव बस्ती जमिनमा प्रत्यक्ष रूपमा देख्न सकिने एक सांस्कृतिक भूस्वरूप हो। बस्ती मानिसहरूको प्राथमिक तथा प्रमुख आवश्यकता पनि हो ।

समग्रमा हेर्दा एउटै रूप देखिए तापनि विभिन्न आधारमा मानव बस्ती निम्नानुसार वर्गीकरण गरिन्छ:

(क) अवस्थितिका आधारमाः
मैदानी बस्ती, पर्वतीय बस्ती, ताल किन आदि । बस्ती, समुद्र तटको बस्ती, मरुभूमिको बस्ती

(ख) घरहरूका बिचको दुरीका आधारमाः
एक्लो बस्ती छिरलिएको बस्ती, गुजुमुज्ज बस्ती आदि ।

(ग) समयका आधारमा:
अस्थायी बस्ती, स्थायी बस्ती मौसमअनुसारको बस्ती आदि ।

(घ) कामका आधारमा:
कृषि बस्ती, औद्योगिक बस्ती, व्यापारिक बस्ती आदि ।

(ङ) आकारका आधारमा:
कृषिगृह, हाम्लेट, गाउँ, बजार र सहर आदि ।

(च) आकृत्तिका आधारमाः
रेखाकार, वृत्ताकार, तीर आकार, पङ्खा आकार, तारा आकार आदि ।

२. तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तरः म बसोबास गर्ने ठाउँको नाम तारकेश्वर नगरपालिका वडा नं ६ हो । यो नेपालको उपत्यकाको उत्तरी भेगमा पर्ने एउटा ऐतिहासिक ठाउँ हो। हालै यो बस्ती नगरपालिकामा परिणत भएतापनि यसलाई सहरी बस्ती भन्नका लागि कमै आधारहरु भेटिन्छन् । यहाँका बहुमत मानिसहरु कृषि, पशुपालन जस्ता काममा संलग्न छन् भने केही मानिसहरु व्यापार, पर्यटन, स्वास्थ्य, शिक्षा र सेवामूलक हुने व्यवसायमा संलग्न भइसकेका छन् । त्यसैले हामीले यस बस्तीलाई अर्ध सहरी बस्ती पनि भन्न सक्छौं ।

हालै विभिन्न क्षेत्रका मानिसहरूको बाक्लो बसाइका कारण ठूला भवनहरु र घना बस्तीको निर्माण कार्य भइरहेको छ । बढी जनसंख्या बसोबास गर्नाले यिनका आवश्यकताहरू पूर्ति गर्नका निम्ति यातायात, सञ्चार, विद्युत, खानेपानीजस्ता विकासका पूर्वाधारहरुको कार्य हुँदै आइरहेको छ। विद्यार्थीको संख्या बढ्नुका साथै यहाँ विद्यालयको संख्या पनि बढिरहेको छ । सवारीको चाप ह्वात्तै बढेपछि यहाँका सडकहरूको चौडाइ बढाएर कालोपत्र पनि भइसकेको छ । ऐतिहासिक नगर रुपमा चिनिएकाले र नेवारहरूको बस्ती भएकाले यहाँ महिने पिछे सांस्कृतिक क्रियाकलाप भईनै रहेको हुन्छ जसले गर्दा पर्यटनको संभावना उच्च रहेको छ । साथै यहाँ पर्यटनका आकर्षणका लागि प्राकृतिक स्रोत साधनको पनि कमी भने छैन । यसका बाबजुद पनि पर्यटकका लागि होटल, बाटोको उचित व्यवस्था भने भईनै रहेको छ । यसरी विभिन्न विकासको कार्य यस बस्तीमा भइरहेको छ ।

३.  ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।

उत्तर: ग्रामीण र सहरी बस्तीका बिचमा फरकहरु यसप्रकार रहेका छन्ः

सहरी बस्तीग्रामीण बस्ती
बढी जनसंख्या बसोबास गर्नेतुलनात्मक रुपमा कम जनसंख्या बसोबास गर्ने
ठूला भवनहरु र घना बस्ती हुनेबस्तीहरू पातला हुने
उध्योग, व्यापार पर्यटन स्वास्थ्य शिक्षा र अन्य सेवामूलक हुने उद्योग आदिमा आधारित हुनेकृषि, पशुपालन, काठकोकाम, हाटबजार, | कुटीरव्यवसायमाआधारितहुने
ठूला भवनहरु र घना वस्तीहरु भएकाले प्रकृति र मानिसहरुबिच कम सम्बन्ध हुनेप्रकृति र मानिसहरुका बीच नजिकको सम्बन्ध हुने

४. जनसंख्याका आधारमा मात्रै बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।

उत्तरः वस्तुलाई बर्गिकरन गर्ने आधारहरु धेरै नै छन् र जनसंख्या त्यस माध्यका एक मुख्य आधार हो । तर हामीले जनसंख्याकै आधारमा मात्रै बस्तीलाई वर्गीकरण गर्यो भने त्यो उचित हुँदैन।

त्यसैले समग्रमा हेर्दा एउटै रूप देखिए तापनि विभिन्न आधारमा मानव बस्ती निम्नानुसार वर्गीकरण गरिन्छ:

• अवस्थितिका आधारमा

• घरहरुका बीचको दूरीका आधारमा

• समयका आधारमा

• कामका आधारमा

● आकारका आधारमा

● कृतिका आधारमा आदि ।

Similar Posts

Leave a Comment