एकाइ – चार

पाठ-१: मानव जैविकीय उत्पत्ति र विकासक्र

अभ्यास

१.मानवको जैविकीय उद्विकासको छोटो परिचय लेख्नुहोस् ।

उत्तरः पृथ्वीमा रहेका सम्पूर्ण जीवहरू जैविक उद्विकासको प्रक्रियाबाट उत्पत्ति भई क्रमिक रूपमा विकसित हुँदै अहिलेको अवस्थासम्म आइपुगेका हुन् । अन्य जीवहरू जस्तै मानव जातिको उत्पत्ति र विकास पनि त्यही जैविक उद्विकासको प्रक्रियाबाट भएको हो । कतिपयले मानवका पुर्खा बाँदर वा नरवानर हुन् भन्ने खालका अवधारणाहरू राख्ने गरेको पाइन्छ तर वैज्ञानिक अध्ययनबाट मानवको उविकास बाँदर वा नरवानर (ape) बाट नभई नरवानर जस्तै देखिने (ape-like) पुर्खाबाट भएको थियो । नरवानरजस्तै पुर्खाबाट उद्विकास भई क्रमिक रूपमा अहिलेको मानवका रूपमा विकसित भएको प्रक्रियालाई नै मानवको जैविकीय उद्विकास भनिन्छ । वैज्ञानिक वर्गीकरणका आधारमा मानवको जाति ‘होमो’ हो । मानवले जैविकीय उद्विकासको प्रक्रियाद्वारा नै आफ्ना नरवानर जस्तै पुखाबाट छुट्टिई विभिन्न चरणहरू क्रमश पार गर्दै अहिलेको ‘होमो’ जातिको सेपियन्स प्रजातिसम्म आइपुगेको हो ।

अवशेषशास्त्री, शारीरिक मानवशास्त्री तथा यस सम्बन्धमा अध्ययन गरिरहेका वैज्ञानिकहरूका अनुसार आधुनिक मानवको उत्पत्ति आजभन्दा करिब ६० लाख वर्षअगाडि भएको थियो । त्यस बेला पुच्छर नभएका ठाडो जिउडाल, ठुलो मस्तिष्क र दुई खुट्टाले हिँड्न सक्ने विशेषता भएका नर वानरहरूको उत्पत्ति भएको थियो। उद्विकासका क्रममा वर्तमान मानवका पुर्खाले यिनै विशेषताहरू क्रमिक रूपमा विकास गरी परिष्कृत बनाउँदै लगेको पाइन्छ । मानवका यी पुर्खालाई होमिनिड (hominid) भन्ने साझा नामले चिनिन्छ । खोज तथा अनुसन्धानका क्रममा भेटिएका नरवानरहरू सहेलान्थ्रोपस (Sahelanthropus), ओरोरिन (Orrorin) र  आईपिथेकस (Ardipithecus) का अवशेषहरूबाट पनि यिनीहरूमा होमिनिङका केही विशेषताहरू रहेको पाइएको छ । यीमध्ये आर्डिपिथेकसलाई पहिलो होमिनिड मानिएको छ । मानव अवशेषशास्त्रीहरूले हालसम्म मेटिएका होमिनिडहरूका अवशेषहरूलाई अस्ट्रालोपिथेकस र होमो गरी जम्मा दुई जातिमा वर्गीकरण गरेका छन् । हालसम्मको खोज अनुसन्धान र आदिम मानवका अवशेषहरूको विश्लेषण गर्दा मानवको विकास पाँच चरणमा भएको मानिएको छ ।

चरणहरु यसप्रकार रहेका छन्ः

क. अस्ट्रालोपिथेकस (Australopithecus)

ख. होमो ह्याबिलिस (Homo habilis)

ग. होमो इरेक्टस (Homo erectus )

घ. होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis)

२. अस्ट्रालोपिथेकस र होमो ह्याबिलिसबिचका समानता र भिन्नता प्रस्ट पार्नुहोस् ।

उत्तर: अस्ट्रालोपिथेकस र होमो ह्याबिलिसबिचको समानता निम्नानुसारका छन्:

• मानवका अवशेषहरु

• सिधा जिउ

•दुई खुट्टे हिँडाइ

• झुन्ड बनाएर बस्ने

अस्ट्रालोपिथेकस र होमो ह्याबिलिसबिचको भिन्नता निम्नानुसारका छन्ः

• अस्ट्रालोपिथेकस आजभन्दा करिब ४० वर्ष अगाडि देखि १० वर्ष अगाडिसम्म अस्तित्वमा थिए भने होमो ह्याबिलिस २३ लाख बर्ष अघि देखि १५ लाख बर्ष सम्म थिए ।

• अष्ट्रोलोपिथेकसको खप्परको आकार वनारसँग मिल्छ भने होमो ह्याबिलिसको खप्पर ठूलो प्रकारको छ ।

•अस्ट्रालोपिथेकस होमिनिडको अवशेष हो भने होमो ह्याबिलिस होमो जातीअन्तर्गतको प्रजाति हो ।

Similar Posts

Leave a Comment