एकाई: ११

पाठ: १ नेपालमा स्वास्थ्य सेवा

१. नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।

उत्तरः नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययनपछि गरिएको समिच्याहरु यसप्रकार रहेका छन्:
• प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन,
• प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ,
• प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ,
• प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ।

२. ‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।

उत्तरः स्वास्थ्य सेवामा पहुँच भन्नाले नागरिकले स्वास्थ्य सेवा लिन सक्ने र स्वास्थ्यप्रदायक सङ्घसंस्थाले स्वास्थ्य सेवा प्रदान गर्न सक्ने क्षमतालाई बुझाउँछ । यसका साथै स्वास्थ्य सेवा लिन नागरिकको आर्थिक, सामाजिक, भौगोलिक, स्थानीय तथा राष्ट्रिय रूपमा कत्तिको पहुँच छ भन्ने कुराले स्वास्थ्य सेवामा पहुँचको निर्धारण गर्दछ ।
नेपालको संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यको चर्चा गरिएको छ । यस्ता हकहरू धारा १६ देखि ४६ सम्म उल्लेख गरिएका छन्। यसरी निर्धारित ३१ वटा हकको कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नुपर्ने प्रावधान छ । धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकअन्तर्गत (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । (२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ (३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ र (४) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेबारे उल्लेख छ। यी सब व्यवस्थाका बाबजुद देशमा जनसङ्ख्या यत्रतत्र छरिएर बसेको, सबै ठाउँमा स्वास्थ्य संस्था स्थापना गर्न नसकिएको, आमनागरिकको जीवनस्तरमा उल्लेख्य सुधार आउन नसकेको, केही मानिसमा रुढिवादी र अन्धविश्वासमा परिवर्तन आउन नसकेको आदिका साथै देशलाई आवश्यकपर्ने स्वास्थ्य जनशक्तिको उत्पादन र तिनको वितरणमा राष्ट्रियस्तरमै ठोस नीतिको अभावमा आमनागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न विभिन्न कठिनाइ भोग्नु परेको छ । वर्तमान समयमा देशमा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उप-स्वास्थ्य चौकी गरी झण्डै चार हजारभन्दा बढी संस्था सञ्चालनमा छन् । यी सम्पूर्ण संस्थाको प्रभावकारी सञ्चालन आफैंमा चुनौतीपूर्ण छ। विद्यमान अधिकांश सरकारी अस्पतालको कमजोर व्यवस्थापनका कारण सर्वसाधारणले निजी अस्पतालमा महँगो उपचार गराउन बाध्य हुनुपरेको छ। घरानियाँ र राजनीतिक पार्टीका ठूला नेता समेत सानोतिनो उपचारका लागि विदेश जाने क्रम नरोकिएकाले सरकारी अस्पतालहरूले देशभित्रै ख्याति कमाउन सकिरहेका छैनन् । विद्यमान परिस्थितिमा पनि परिवर्तन जरुरी देखिन्छ। समष्टिमा, स्वस्थ्य जीवन निर्वाहका लागि संविधानले निर्दिष्ट गरेका आम नागरिकको खाद्यसम्बन्धी हक, उपभोक्ताको हक र स्वच्छ वातावरणको हक आदि विषयमा समेत सरकारले ध्यान पुर्याउनुपर्छ । उपचारात्मक पद्धतिभन्दा निरोधात्मक पद्धतिमा जोड दिन सके दीर्घकालीन रूपमा यसले व्यक्ति, समाज र राष्ट्रलाई फाइदा पु-याउनेछ ।

३. ‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ ।’ यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

उत्तरः
विश्व स्वास्थ्य सङ्गठन (World Health Organization WHO) का अनुसार “रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ।” यस परिभाषामा स्वास्थ्यका शारीरिक, मानसिक र सामाजिक तीनओटा पक्षहरुलाई उल्लेख गरिएको छ । शारीरिक स्वास्थ्य भन्नाले मानव शरीरका कुनै पनि अङ्गमा रोग नभएको अवस्थालाई बुझाउँछ। यसले उपयुक्त किसिमको शारीरिक बनावट भएको र शरीरका सबै अङ्गहरूले उपयुक्त रूपमा काम गर्न सकेको अवस्थालाई समेत बुझाउँछ। मानसिक स्वास्थ्यले कुनै पनि किसिमको दबाब, तनाव तथा मानसिक रोग नभएको अवस्थालाई बुझाउँछ । सामाजिक स्वास्थ्यले मानिसले आफ्नो घर, परिवार, छिमेकी, साथीभाइ, आफन्त, जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिसंग गर्ने सामाजिक व्यवहारलाई बुझाउँछ । उधरणका लागि कुनै बेक्तिको अङ्गमा रोग नभएको अवस्था, उपयुक्त किसिमको शारीरिक बनावट भएको र शरीरका सबै अङ्गहरूले उपयुक्त रूपमा काम गर्न सकेको, कुनै पनि किसिमको दबाब, तनाव तथा मानसिक रोग नभएको, आफ्नो घर, परिवार, छिमेकी, साथीभाइ, आफन्त, जेष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिसंग राम्रो बेभार र घुलमिल गर्न सक्ने हुनुपर्छ।

अतः व्यक्तिहरु स्वास्थ्य छन् कि छैनन् भन्ने यी कुराहरुमा पनि पहल पर्दछः
• आय र सामाजिक स्थिति
• सामाजिक समर्थक नेटवर्क
• शिक्षा र साक्षरता
• रोजगार/कामका सर्तहरू
• सामाजिक वातावरणहरु
• शारीरिक वातावारण
• व्यक्तिगत स्वास्थ्य अभ्यास र सामना कौशल
• संस्कृति आदि ।

Similar Posts

One Comment

Leave a Comment