एकाइ – आठ
पाठ-१ नेपालको संविधान विगत र वर्तमान
अभ्यास
१). नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनाका मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस्ः
उत्तरः नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनाका मिल्ने र नमिल्ने विषयवस्तु निम्ननुसुर रहेका छन्ः
नेपाल अधिराज्यको संविधान २०४७ | नेपालको संविधान २०७२ | मिल्छ | मिल्दैन |
स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न | हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता | ✓ | |
हिन्दूअधिराज्य | धर्म निरपेक्ष राज्य | ✓ | |
श्री ५ महाराजाधिराज विरेन्द्रवीरविक्रमशाहदेवबाट घोषणा | संविधान सभाबाट पारित | ✓ | |
नेपाली जनतालाई चिरकालपर्यन्त सामाजिक राजनीतिक एवं आर्थिक न्याय प्राप्तिको उद्देश्य | आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित | ✓ | |
संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्रीक प्रणाली | जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली | ✓ |
२). नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययनगरी कक्षामा छलफलगर्नुहोस्।
उत्तरः नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तुहरु यसप्रकार रहेका:
- संविधानमूलकानूनः
(१). यो संविधान नेपालको मूल कानून हो। यस संविधान सँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ।
(२). यससंविधानकोपालनागर्नुप्रत्येकव्यक्तिकोकर्तव्यहुन्छ। - सार्वभौम सत्ता र राजकीय सत्ता:
नेपालकोसार्वभौमसत्तारराजकीयसत्तानेपालीजनतामानिहितरहेकोछ।यसकोप्रयोगसंविधानमाव्यवस्थाभएबमोजिमहुनेछ। - राष्ट्र :
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धि प्रति आस्थावान रही एकता को सूत्रमा आबद्ध सबै नेपाली जनता राष्ट्रिय हो। - नेपालराज्य:
(१). नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
स्पष्टीकरणः यस धाराको प्रयोजनको लागि “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ ।
(२)नेपालको क्षेत्र देहाय बमोजिम हुनेछ।
(क) यो संविधान प्रारम्भ हुँदाका बखतको क्षेत्र, रयो संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र । - राष्ट्रिय हितः
(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्।
(२)राष्ट्रहितप्रतिकूलकोआचरणरकार्यसंघीय कानून बमोजिम दण्डनीय हुनेछ । - राष्ट्रभाषाः नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।
- सरकारी कामकाज को भाषा:
(१)देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।
(२)नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वाएकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानूनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ ।
(३) भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ।
- राष्ट्रिय झण्डाः
(१) सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोहमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।
(२)नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय झण्डा बनाउने तरीका र तत्सम्बन्धी अन्य विवरण अनुसूची-१ मा उल्लेख भए बमोजिम हुनेछ । - राष्ट्रिय गान इत्यादिः
(१) नेपालको राष्ट्रिय गान अनुसूची- २ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भए बमोजिम हुनेछ ।
(३) नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रियपक्षी डाँफे