एकाइ – दुई

पाठ-१: डिजिटल साक्षरता

अभ्यास

(क) कम्प्युटरको प्रयोग भइरहेका कुनै दुई क्षेत्रहरूको नाम लेख्नुहोस् ।

उत्तरः कम्प्युटरको प्रयोग भइरहेका कुनै दुई क्षेत्रहरूको नामः

१. शिक्षा

२. उद्योग

(ख) डिजिटल साक्षरता भन्नाले के बुझिन्छ ?

उत्तरः सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सूचना प्राप्त गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र सञ्चार गर्ने क्षमतालाई डिजिटल साक्षरता भन्ने बुझिन्छ ।

(ग) सूचना तथा सञ्चार प्रविधि भनेको के हो?

उत्तर: कम्प्युटर, इन्टरनेट तथा अन्य माध्यमको प्रयोग गरेर तथ्याङ्क सङ्कलन गर्ने, संकलित तथ्याङ्कलाई प्रशोधन गरी सूचनामा परिवर्तन गर्ने, प्रशोधित सूचनालाई भण्डारन गर्ने र उक्त सूचना प्रयोगकर्तालाई उपलब्ध गराउने कार्य नै सूचना तथा सञ्चार प्रविधि हो । यसलाई ” छोटकरीमा सूचना प्रविधि (आइटी) पनि भन्ने गरिन्छ ।

(घ) कम्प्युटर हार्डवेयरलाई उदाहरणसहित वर्गीकरण गर्नुहोस् ।

उत्तरः कम्प्युटर हार्डवेयरलाई इन्पुट उपकरण, प्रशोधन उपकरण, आउटपुट उपकरण र भण्डार उपकरण गरी चार भागमा वर्गीकरण गर्न सकिन्छः

१. इन्युट उपकरण

– कम्प्युटरमा कुनै तथ्याङ्क वा निर्देशन प्रविष्ट गराउन प्रयोग हुने उपकरणहरूलाई इन्पुट उपकरण भनिन्छ, जस्तै माउस, किबोर्ड, क्यामेरा, माइक्रोफोन आदि ।

२. प्रशोधन उपकरण

-कम्प्युटरमा प्रविष्ट भएका कुनै तथ्याङ्कलाई निर्देशन अनुसार गणना वा प्रशोधन गर्न प्रयोग गरिने उपकरणहरूलाई प्रशोधन उपकरण भनिन्छ, जस्तै Central Processing Unit (CPU).

३. आउटपुट उपकरण

–कम्प्युटरमा भएका कुनै तथ्याङ्क वा सूचनालाई देखाउन प्रयोग हुने उपकरणहरूलाई आउटपुट उपकरण भनिन्छ, जस्तै मोनिटर, प्रोजेक्टर स्पिकर, प्रिन्टर आदि आउटपुट उपकरण हुन् ।

४. भण्डारण उपकरण

कम्प्युटरमा भएका कुनै तथ्याङ्क वा सूचनालाई लामो समयसम्म सुरक्षित राखी आवश्यक परेको समयमा पुनः प्रयोग गर्न उपलब्ध गराउने उपकरणहरूलाई भण्डारण उपकरण भनिन्छ । सिडी, डिभिडी, हार्डडिस्क, पेनड्राइभ, मेमोरी कार्ड आदि भण्डारन उपकरण हुन् ।

(ङ) ‘कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तरः कम्प्युटर एक विद्युतीय यन्त्र हो, जसले निर्देशन अनुसार तथ्याङ्क (Data) लाई गणना (Calculations), प्रशोधन (Processing) तथा भण्डारन (Storing) गर्दछ । आजको वैज्ञानिक युगमा जीवनका हरेक क्षेत्रमा कम्प्युटरको प्रयोग भइरहेको छ । हाल कुनै पनि क्षेत्रमा सफल हुन कम्प्युटर नभई नहुने अवस्था आएको छ ।

कम्प्युटर आजको मानव जीवनका लागि वरदान नै सावित भएको छ । कम्प्युटरले गणितीय समस्यादेखि लिएर धेरै भन्दा धेरै कामहरु छिटो र सजिलो बनाएको छ । मानिसलाई शिक्षा देखि लिएर अन्तरिक्षसम्मको यात्रालाई सहज बनाएको छ । विभिन्न खोज र अनुसन्धानलाई सजिलो बनाउन सहयोग गरेको छ । विश्वका मानिसहरु आज बिना कम्प्युटर काम गर्न नसक्ने स्थितिमा पुगेका छन् | आज कम्प्युटरको प्रयोग दूरसंचार, हुलाक, वायुसेवा, अस्पातल, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार आदि क्षेत्रमा अपरिहार्य बन्दै गएको छ । यिनका प्रयोगबिना कुनै पनि | काम गर्न असम्भव भइसकेको छ । प्रभावकारी ढंगले दस्तावेज लेखन, सम्पादन गर्न वा भण्डारन गर्न, छिटो भन्दा छिटो कुनै कुराको परिक्षण गर्न, शिक्षण सिकाई गर्न, खोज, अनुसन्धान जस्ता कार्यमा यिनको सहज प्रयोग र उपलब्धताका कारण मानव जीवनका हरेक कार्य र क्षेत्रमा सहयोग पुर्याइएको छ । यसबाहेक आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले आफै काम गर्न सक्ने, प्राकृतिक भाषा बुझने, परिस्थितिअनुसार निर्णय गर्ने, मानिसको पहिचान गर्नेसम्मका क्षमता भएका कम्प्युटरहरूको पनि विकास भइसकेको छ । कम्प्युटर आजको मानवको अभिन् अंग नै भएको छ । यिनको प्रयोगबिनाको मानव जीवन अधुरो र अपुरो देखिन सक्ने अवस्था श्रृजना भएको छ । कम्प्युटर प्रयोग नगर्ने हो भने आजका मानिसहरु फेरी पहिलाको ढुंगे युगमा फर्किने अवस्था रहन्छ ।

विज्ञानको महत्वपूर्ण उपलब्धिका रुपमा आएका कम्प्युटरले मानव जीवनसहज बन्नुको साथै निकै ठुलो परिवर्तन पनि ल्याइदिएको छ । अतः कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको र मानव जीवनका हरेक क्षेत्रमा उपयोगी सिद्य भएका छन् ।

(च) Microsoft Word मा के के काम गर्न सकिन्छ, उदाहरणसहित लेख्नुहोस् ।

उत्तर: माइक्रोसफ्ट वर्ड एक सर्वव्यापी र सबैभन्दा लोकप्रिय एप्लिकेसन प्रोग्राम हो । प्रयोगकर्ताले चलाउन सजिलो हुने र सम्पूर्ण विशेषताले भरिपूर्ण यो एप्लिकेशन सफ्टवेयरमा देहाय बमोजिमका कामहरू गर्न सकिन्छ:

•कागजातहरूको प्रशोधन गर्न सकिन्छ ।

•कागजातलाई सुरक्षित रूपमा भविष्यको प्रयोजनाको लागि संचय गर्न सकिन्छ ।

• कागजातलाई चाहिएको समयमा प्रिन्ट गर्न सकिन्छ ।

•अक्षर, अंक, संकेत, चित्र तथा ग्राफिक्सलाई प्रविष्ट गर्न सकिन्छ ।

• टेवल बनाउन सकिन्छ ।

•मेल मर्ज सुविधाले एकै पटक धेरैलाई मेल पत्रहरू बनाउन सकिन्छ ।

•कागजको साइज, मार्जिन र बुटाहरु मिलाई आकर्षक बनाउन सकिन्छ ।

Similar Posts

Leave a Comment