एकाइ-६ हाम्रो पृथ्वी

एकाइ-६ हाम्रो पृथ्वी

अभ्यास

१. नक्सा भनेको के हो ? नक्साका आधारभूत तत्त्व के के हुन् ?

उत्तर : पृथ्वीको कुनै अंश वा पूरै भाग कागज वा अन्य वस्तूमा निश्चित नापसहित उतारिएको आकृतिलाई नक्सा भनिन्छ | नक्साका आधारभूत तत्त्व निम्न छन् :-
(क) दिशा
(ख) सङ्केत
(ग) स्केल वा नापो

२. कार्टोग्राफी भनेको के हो ?
उत्तर : कार्टोग्राफी भनेको नस्सा बनाउने सिप हो ।

३. नक्साको उपयोगिताबारे चर्चा गर्नुहोस् ।

उत्तर : नक्सा भौगोलिक तथा राजनीतिक तथ्यहरूको प्रस्तुति हो । नक्सामा सङ्केतको सहायताले विभिन्न तथ्य र तथ्याङ्क सहज ढङ्गबाट प्रस्तुत गरिएको हुन्छ । वर्तमान समयमा भौगोलिक सूचना र तथ्याङ्कहरूको प्रस्तुतिका लागि नक्सा आवश्यक छ । नक्सामा सिमाना, भौगोलिक स्वरूप, उचाइ, वनस्पति, बस्ती, खनिज, वन, माटो, जनसङ्ख्या वितरण, धार्मिक स्थल र सम्पदा, बाली र उत्पादन, विकासका पूर्वाधार आदि देखाउन सकिन्छ । जग्गाको किनबेच, सैन्य प्रयोजन लगायत विभिन्न कामका लागि नक्सा अति आवश्यक मानिन्छ । तसर्थ नक्साको उपयोगिता आधुनिक सन्दर्भमा धेरै नै रहेको छ।

४. नक्सा कोर्ने विधि उल्लेख गर्दै तरिकासमेत प्रस्तुत गर्नुहोस् ।

उत्तर : नक्सा कोर्ने तथा उतार्ने विभिन्न विधि वा तरिका प्रचलनमा रहेका छन् । विभिन्न विधि तथा तरिकामध्ये केही प्रमुख निम्नानुसार उल्लेख गरिएका छन् :-
(क) स्वतन्त्र नक्साङ्कन विधि : वास्तविक नक्सालाई हेर्दै स्वतन्त्र रूपमा आकृति कोर्ने काम स्वतन्त्र नक्साङ्कन विधि हो । पटक पटकको प्रयासपछि यो विधिबाट दुरुस्त नक्सा बनाउन सकिन्छ । शिक्षण क्षेत्रमा यसै विधिबाट नक्सा बनाउने गरिन्छ

(ख) ट्रेसिङ विधि : यस विधिमा वास्तविक नक्सामाथि ट्रेसिङ पेपर राखेर उक्त पेपरमा नक्सा बनाइन्छ |

(ग) कार्बन विधि : नक्साको मुनि कार्बन र पेपर राखेर नक्सामा सिसाकलम वा अन्य कलमले कोरेर यस विधिबाट नक्सा बनाइन्छ |

(घ) टेम्प्लेट विधि : नक्सालाई बाक्लो कागज वा काठमा उतारेर उक्त कागज वा काठलाई काटेर फ्रेम बनाइन्छ । उक्त फ्रेमलाई कागजमाथि राखेर वरिपरिबाट कोरेर नक्सा बनाइन्छ । दृष्टिविहीनका लागि यो विधि उपयोगी हुन्छ |

(ङ) ग्राफिक विधि : यसमा पहिला वास्तविक नक्सामाथि ग्राफ तयार पारिन्छ । नक्साको फैलावट र आकारप्रकारका आधारमा वर्ग बनाई नक्सा तयार पारिन्छ |

(च) जिपिएस र जिआएस विधि : यी विधिहरू आधुनिक नक्सा बनाउने विधि हन् । कम्प्युटरमा सेटेलाइट र सफ्टवेयरका माध्यमबाट नक्सा बनाउन यसको प्रयोग हन्छ |

५. नक्सा र चित्रबिचका भिन्नता लेख्नुहोस् ।

उत्तर : नक्सामा निश्चित नाप वा स्केल प्रयोग गरिएको हुन्छ भने चित्रमा फरक फरक नाप प्रयोग गरिएको हन्छ । त्यस्तै नक्सामा विभिन्न स्थान वा वस्तूका लागि अन्तर्राष्ट्रिय प्रचलन अनुसारका सङ्केत प्रयोग गरिएको हन्छ भने चित्रमा कुनै निश्चित सङ्केत प्रयोग गरिएको हँदैन । चित्र सिर्जनात्मक प्रस्तुति हो भने नक्सा भौगोलिक र राजनीतिक तथ्यको प्रस्तुति हो |

Similar Posts

Leave a Comment