एकाई: ११

पाठ:३ स्वस्थ्य जीवनशैली र सामाजिक जीवन

१.शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् ।

उत्तरः
विश्व स्वास्थ्य सङ्गठन (World Health Organization WHO) का अनुसार “रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस् हुनुलाई नै स्वास्थ्य भनिन्छ । यस परिभाषामा स्वास्थ्यका शारीरिक, मानसिक र सामाजिक तीनओटा पक्षहरूलाई उल्लेख गरिएको छ ।

शरीरसँग सम्बन्धित स्वास्थ्य अवस्थालाई शारीरिक स्वास्थ्य भनिन्छ । यसले शरीरका बाहिरी र भित्री अङ्गहरूको अवस्थालाई जनाउँछ। शरीरका यिनै बाहिरी वा भित्री अङ्गहरूले सही रूपमा काम गर्नु निरोगिता हो भने यी अङ्गहरूमा समस्या आउनु वा सही रूपमा काम नगर्नु अस्वस्थता हो ।

शारीरिक स्वस्थता कायम राख्ने उपायहरू यसप्रकारका छन्:
• स्वास्थ्य जाँच गराउने,
• योग र व्यायाम गर्ने,
• स्वस्थ जीवनशैली अपनाउने,
• सन्तुलित खानपानमा ध्यान दिने,
• आराम गर्ने आदि गर्नुपर्छ ।

मानसिक स्वास्थ हाम्रो मन र मस्तिष्कसँग सम्बन्धित स्वास्थ्यको अवस्था हो । मानसिक स्वास्थ्यमा हाम्रो भावनात्मक, मनोवैज्ञानिक र सामाजिक कल्याण समावेश छ । मानसिक स्वास्थ्यले हाम्रो सोचाइ, काम गराइ र सिर्जनशीलतामा प्रभाव पार्दछ। मानसिक स्वास्थ राम्रो हुँदा तनाव व्यवस्थापन गर्न, अरूसंगको सम्बन्ध सुमधुर बनाउन र सही निर्णयमा पुग्न मदत गर्दछ। मानसिक स्वास्थ्य जीवनका हरेक चरणमा महत्त्वपूर्ण छ ।

मानसिक स्वस्थता कायम राख्ने उपायहरू यसप्रकारका छन्:
• विगतप्रती पश्चाताप र भविष्यप्रति धेरै चिन्तित नहुने,
• वर्तमानमा रमाउने प्रयत्न गर्ने,
• व्यस्त रहने.
• सकारात्मक सोच राख्ने,
• समय व्यवस्थापन गर्ने,
• क्षमताअनुसारका काम गर्ने,
• समाजिक मुल्य मान्यतालाई अवलम्बन गर्ने आदि गर्नुपर्छ ।

शारीरिक र मानसिक स्वास्थ्य जस्तै आत्मिक स्वास्थ्य पनि हाम्रो जीवनमा महत्वपूर्ण हुन्छ । यसले शरीर र मनलाई नियन्त्रण गरी सन्तुलन कायम गर्दछ । यो आत्मासंग सम्बन्धित हुन्छ ।

आत्मिक स्वस्थता कायम राख्ने उपायहरू यसप्रकारका छन्:
• सकारात्मक सोच राख्नु,
• रिस राग र वैरभाव नराख्नु,
• सबै प्रति प्रेम सद्भाव र सम्मान प्रकट गर्नु,
• मनलाई शान्त रहनु,
• घमण्ड नगर्नु, क्षमाशील हुनु,
• प्राणी हिंसा नगर्नु आदि ।

२. ‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तरः
स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रो जीवनशैलीलाई स्वस्थ्य बनाउन हाम्रो खानपान संस्कारमा सुधार गर्न आवश्यक हुन्छ । हाम्रो शरीरलाई तन्दुरुस्त राख्नका लागि सही खानाको जरुरत पर्दछ । शरीर र मनलाई स्वस्थ राख्नका लागि हामीले सन्तुलित आहारा लिनुपर्छ । सन्तुलित आहारमा चिल्लो पदार्थ, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन, खनिजहरू र पानी गरी छोटा मुख्य पोषक तत्वहरू पर्दछन् ।

स्वस्थ खानपिनले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त राख्न मदत गर्दछ । स्वस्थ खानेकुराले शरीरलाई आवश्यक पोषण प्रदान गर्दछ । स्वस्थ खानेकुरामा फलहरू, दही दुध, तरकारीहरू र सम्पूर्ण अन्नहरू समावेश हुन्छन् । प्रशोधन गरिएका खाना र मिठा पेय पदार्थहरूमा विभिन्न रासायनिक पदार्थहरू मिसाइने हुनाले यिनीहरू फाइदाजनक हुदैनन् ।

मनको सजगता र सतर्कतामा खानाको मात्रा, शैली, छनोट आदिको प्रभाव पर्दछ । त्यसकारण खाना छनोट गर्दा खानाको प्रकृति, मनको इच्छा र शरीरको अवस्थालाई ख्याल गर्नुपर्दछ । यसरी छनोट गरिएका खानाले शरीरलाई स्वस्थ राख्न रोग प्रतिरोधक क्षमता बढाउन, शरीरमा विभिन्न तत्त्वको कमीले लाग्ने रोगहरूबाट बचाउन सहयोग पुर्याउँछ र ऊर्जा प्रदान गर्छ ।

Similar Posts

Leave a Comment