एकाइ – एक

पाठ १- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

अभ्यास

१. सामाजिक अध्ययनको क्षेत्र व्यापक छ भन्ने कुरा पाठमा दिइएको चार्ट अध्ययन गरी प्रस्ट पार्नुहोस् ।

उत्तरः सामाजिक भन्नाले समाज सँग सम्बन्धित र अध्ययन भन्नाले त्यसका बारेमा जानकारी राख्नु र खोजी गर्नु भन्ने हुन्छ; त्यसैले समाज र मानवसँग सम्बन्धित विभिन्न पक्षको बारेमा खोजी गर्नु, अध्ययन गर्नु, विश्लेषण गर्नु सामाजिक अध्ययन हो । सामाजिक अध्ययन प्रत्येक व्यक्ति,परिवार,समुदाय,क्षेत्र,राष्ट्र र विश्वसँग सम्बन्धित छ । त्यसैले यसको क्षेत्र व्यापक, प्रभावशाली र वैभवशाली छ ।

मानव र उसको भौतिक, सामाजिक, राजनैतिक, सांस्कृतिक तथा आर्थीक वातावरणसँगको अन्तरक्रियाका सम्बन्धमा अध्ययन गर्नु सामाजिक अध्ययन हो । यसले समुदाय तथा वातावरणमा मानवले पार्ने प्रभाव र वातावरण तथा समुदायले मानवको जीवनमा पार्ने दोहोरो प्रभावको अध्ययन गर्दछ। सामाजिक अध्ययन नागरिक सक्षमता विकास गर्नका लागि गरिने सामाजिक विज्ञानहरुको एकिकत अध्ययन हो । यसले विद्यालय कार्यक्रम अन्तर्गत भूगोल, इतिहास, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञान, धर्म, संस्कृति, कला मात्र होइन कि गणित र विज्ञान समेतका उपयुक्त विषयवस्तुहरुको समन्वयात्मक र व्यवस्थित ढङ्गबाट अध्ययन गर्दछ ।

अतः सामाजिक अध्ययन विषय वास्तवमा हरेक नागरिकले अध्ययन गर्नुपर्ने व्यापक क्षेत्र भएको विषय हा े । सामाजिक अध्ययन व्यक्ति व्यक्तिबाट परिवार, परिवारबाट समुदाय, समुदायबाट क्षेत्र, क्षेत्रबाट राष्ट्र र राष्ट्रबाट विश्वभरि नै फैलिएको छ।

२. सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्व दर्साउनुहोस् ।

उत्तरः सामाजिक भन्नाले समाज सँग सम्बन्धित र अध्ययन भन्नाले त्यसका बारेमा जानकारी राख्नु र खोजी गर्नु भन्ने हुन्छ; त्यसैले समाज र मानवसँग सम्बन्धित विभिन्न पक्षको बारेमा खोजी गर्नु, अध्ययन गर्नु, विश्लेषण गर्नु सामाजिक अध्ययन हो ।

सामाजिक अध्ययनको महत्व निम्न प्रकारका छन्:

• देशका बालबालिकाहरुलाई असल, सक्षम, सिर्जनशील र देशप्रेमी नागरिकका रुपमा तयार पार्न ।

• हरेक नागरिकले आफ्नो देशको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा राजनीतिक अवस्थाका बारेमा सामान्य जानकारी राखि त्यसमा समायोजन हुन ।

• प्रत्येक नागरिकहरुलाई देशको योजनाकार, प्रशासक, प्राविधिक र नेतृत्वकर्ता बनाउन ।

• प्रजातान्त्रिक मूल्य र मान्यता तथा सकारात्मक सोच भएका चरित्रवान, मिहिनेती, इमान्दार र उत्तरदायी जनशक्ति उत्पादन गर्न।

• हाम्रा संस्कृति, मौलिक परम्परा, राष्ट्रिय सम्पदाहरु आदिको संरक्षण गर्दै सभ्य समाज निर्माण गर्न।

• आफ्नो समाजमा हुने विविध प्रकारका गतिविधिहरुको अध्ययन गरि तिनको कारण खोज्न, वुझ्न, विश्लेषण गर्न र सो अनुसार समायोजन हुन |

• हाम्रो जीवनलाई सरल, सहज र सफल बनाउनका लागि प्रयोग गरिने सञ्चार सहकार्य, सहयोग, सिर्जनात्मक समस्या समाधान, तनाव व्यवस्थापन, अन्तरवैयक्तिक, निर्णय, निर्माण नेतृत्व, समानभूति, आत्मबोध, संवेग व्यवस्थापन र सूचना प्रविधि जस्ता जीवनोपयोगी सिपहरु सिकाउने प्रक्रिया नै जीवनोपयोगी शिक्षा हो ।

जीवनोपयोगी शिक्षाको महत्व निम्न प्रकारका छन्:

युवा तथा बालबालिकाहरुलाई जीवन कौशल शिक्षा प्रदान गर्न ।

• विद्यार्थीहरुको दृष्टिकोण, सोच र व्यवहारमा परिवर्तन ल्याउन ।

• जीवनोपयोगी सिप हासिल गर्न ।

• आय आर्जन गरि राष्ट्रलाई आर्थिक विकासमा टेवा पुर्याउन

• स्व-रोजगारका कार्यक्रमहरु संचालन गर्न ।

• परनिर्भरता हटाउन ।

• राष्ट्रको विकासमा सहयोग पुर्याउन ।

Similar Posts

Leave a Comment