एकाइ – आठ आर्थिक क्रियाकलाप

पाठ ६ सहकारी

अभ्यास

१. सहकारी भनेको के हो ?

उत्तर : सामान्य अर्थमा सहकारीले सहकार्य गर्नु वा मिलेर काम गर्ने भन्ने बुझाउँछ । आर्थिक एवम् सामाजिक रूपमा समान विचार बोकेका र समान आवश्यकता भएका मानिसहरू मिलेर स्वेच्छाले गठन हुने संस्था सहकारी हो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सहकारीलाई यसरी परिभाषित गरेको छ- सहकारी त्यस्ता व्यक्तिहरूको स्वायत्त सङ्गठन हो जो स्वेच्छिक रूपमा एकजुट हुन्छन् । साथै आफ्ना समान आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता र आकाङ्क्षाहरूको परिपूर्ति संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक रूपमा नियन्त्रित व्यवसायमार्फत गर्न चाहन्छन् ।

२. सहकारीको महत्व उल्लेख गर्नुहोस् ।

उत्तर : सहकारीको महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :-

(क) सहकारी आर्थिक विकासको एउटा महत्वपूर्ण खम्बा हो ।

(ख) यसले आर्थिक, सामाजिक रूपान्तरण गरी गरिबी निवारण गर्न मदत पुऱ्याउँछ ।

(ग) बहुउद्देश्यीय सहकारी संस्थाको स्थापनाले कृषिक्षेत्रमा संलग्न कृषकलाई ऋण सुविधा, बजार सुविधा आदि उपलब्ध गराउँछ ।

(घ) साना तथा घरेलु उद्योगको स्थापनाका लागि पुँजीको जोहो सहकारीबाट सम्भव हुन्छ ।

(ङ) स्थानीय स्तरमा सहकार्य, समन्वय र लगानीको वातावरण सिर्जना हुन्छ ।

(च) दिगो आर्थिक विकासमा सहयोग गर्छ ।

(छ) महिला तथा विपन्न वर्गको नेतृत्व क्षमता विकास गर्न र वित्तीय साक्षरता अभिवृद्धि गर्न योगदान पुर्याएको छ |

३. सहकारीको मूल्य मान्यता र सिद्धान्तबमोजिम सहकारी सञ्चालन हुनका लागि आवश्यक आधारभूत सर्तको सूची बनाउनुहोस् ।

उत्तर : सहकारीको मूल्य मान्यता र सिद्धान्तबमोजिम सहकारी सञ्चालन हुनका लागि आवश्यक आधारभूत यसप्रकार छन् :-

(क) सहकारी स्वेच्छिक र स्वायत्त संस्था हो ।

(ख) सहकारीमा आवद्ध सदस्यका बिचमा सेयर लगानीमा समान सहभागिता हुनुपर्दछ ।

(ग) सहकारीका सेयर सदस्यहरू नै सहकारीका मालिक र ग्राहक दुवै हुन्छन् ।

(घ) सहकारीमा नियमअनुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र बचत सङ्कलन र ऋण लगानी गर्नुपर्ने हुन्छ ।

(ङ) सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको समेत दायित्व निर्वाह गरेको हुन्छ ।

(च) सदस्यद्वारा संस्था सञ्चालन कार्यविधि र अन्य नियम बनाउनुपर्ने हुन्छ ।

(छ) संस्थाको दीर्घकालीन सोच, सदस्यको आर्थिक, सामाजिक, सांस्कृतिक र व्यावसायिक उन्नतिमा सहयोग पुऱ्याउने हुनुपर्छ ।

४. सहकारीले समाजको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने भनाइलाई विभिन्न उदाहरणद्वारा प्रस्ट पार्नुहोस् ।

उत्तर : सहकारीका माध्यमबाट नियमित बचत गर्ने बानीको विकास हुन्छ । यसका साथै विभिन्न किसिमका पेसा व्यवसाय सञ्चालन गर्न वा व्यावसायिक कृषि गर्नका ला सहूलियत दरमा ऋण पनि पाइन्छ । ग्रामीण जीवनस्तरमा सुधार ल्याउन घरेलु तथा सा उद्योगको विकास महत्वपूर्ण मानिन्छ । यसको स्थापनाका लागि पुँजी सहकारीका माध्यमबाट सङ्कलन गर्न सकिन्छ । सहकारीले मितव्ययी हुन सिकाउँछ । उत्पादनमुखी भावनाको विकास गराउँछ ।

महिला तथा विपन्न वर्गको आर्थिक विकासका साथसाथै नेतृत्व क्षमता पनि विकास गर्छ । सांस्कृतिक र सामाजिक समावेशिता कायम गर्न पनि सहकारीको भूमिका महत्वपूर्ण मानिन्छ । समुदायप्रति चासो, प्रजातान्त्रिक सहभागिता, शिक्षा, तालिम र सूचना जस्ता कुरा सहकारीका सिद्धान्त नै हुन् । यसरी सहकारीले समाजको आर्थिक तथा सामाजिक विकासम महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

५. सहकारी संस्था स्थापनाका लागि के के प्रक्रिया पूरा गर्नुपर्छ ? लेख्नुहोस् ।

उत्तर : सहकारी संस्था स्थापनाका लागि निम्न प्रक्रिया पूरा गर्नुपर्छ :-

(क) न्यूनतम २५ घरपरिवारको उपस्थितिमा सहकारी स्थापनाका लागि भेला गर्ने र विधान मस्यौदाका लागि संयोजक तोक्ने

(ख) संयोजकले वडा प्रतिनिधि, सहकारीसम्बन्धी विज्ञसमेतको सहयोग लिएर सहकारीको विधान मस्यौदा तयार गर्ने

(ग) पुनः सदस्यहरूको भेला गराई विधानसम्बन्धमा आवश्यक छलफल गराउने

(घ) सहकारी दर्ताका लागि तोकिएका आवश्यक कागजाग, विधानसहित पालिकामा निवेदन दिने

(ङ) पालिकाबाट स्वीकृति पाएपछि विधिवत् रूपमा सहकारी स्थापना हुन्छ ।

Similar Posts

Leave a Comment