एकाइ – पाँच

पाठ-४: नेपालका पर्यावरणीय क्षेत्रहरु

अभ्यास

१.नेपालको भौगोलिक प्रदेशअनुसारका विशेषताहरू तलको तालिकामा भर्नुहोस् :

प्रदेशभौगोलिक विशेषता
          हिमाली  •समुन्द्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचाई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको,  
• ठूला-ठूला नदी तथा हिमनदीहरूको उद्गमस्थल,  
• विश्वको सर्वोच्च शिखर सगरमाथा तथा विश्वको सर्वाधिक उचाईमा रहेको तिलिचो ताल अवस्थित रहेको,  
• अधिकांश समय हिउँले ढाक्ने हुँदा चिसो र शुष्क हावापानी तथा उब्जाउयुक्त भूमि कम,  
•भू-बनौटको हिसाबले यो हिमाली प्रदेशलाई पनि मुख्य हिमालय, भित्री हिमालय र सीमान्त हिमालय गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।
        पहाडी    •तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुन्द्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचाईमा झन्डै ७५ देखि १२५ कि. मि. सम्मको चौडाई भित्र पूर्व पश्चिम फैलिएको छ ।  
• देशको कूल क्षेत्रफलको करिब दुई तिहाई भू-भाग ओगटेको,  
• पाँचै विकासक्षेत्रको सदरमुकामहरू यही क्षेत्रमा रहेको,  
• यसै प्रदेशमा नेपालको केन्द्रीय राजधानी काठमाडौँ, अग्ला होचा पहाड, टार, बेसी, उपत्यका रहेका छन् ।
हिमाली•हिमाली क्षेत्रको आर्थिक गतिविधि सीमित छ। उब्जनी न्यून हुने हुँदा कृषि नगन्य भए पनि याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन र जडीबुटीमा यो क्षेत्र सम्पन्न छ। ऊनका गलैँचा, राडी, पाखी बुन्ने घरेलु उद्योगहरू रहेको पाइन्छ । पर्यटन उद्योग, जडीबुटी र पर्यावरण सम्पदा यहाँका महत्वपूर्ण स्रोत हुन् ।
पहाडी• यहाँ उद्योग, व्यापार र सेवा जस्ता आर्थिक क्षेत्रको विकास भएको छ।
तराई•कृषि, औद्योगिक, व्यापारिक एवम् यातायातका दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूला-ठूला औद्योगिक सहरहरू रहेका छन् ।
प्रदेशजनसाङ्ख्यिक विशेषता
हिमाली• नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कूल जनसङ्ख्याको ६.७३% जनता यस प्रदेशमा बसोवास गर्दछन् ।
पहाडी• नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्याको ४३.०१% प्रतिशत जनता पहाडी प्रदेशमा बस्छन् ।
तराई•नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कूल जनसङ्ख्याको ५०.२७% जनसङ्ख्या बसोवास गर्ने ।
प्रदेशआर्थिक विशेषता
हिमाली• हिमाली क्षेत्रको आर्थिक गतिविधि सीमित छ। उब्जनी न्यून हुने हुँदा कृषि नगन्य भए पनि याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन र जडीबुटीमा यो क्षेत्र सम्पन्न छ। ऊनका गलैँचा, राडी, पाखी बुन्ने घरेलु उद्योगहरू रहेको पाइन्छ । पर्यटन उद्योग, जडीबुटी र पर्यावरण सम्पदा यहाँका महत्वपूर्ण स्रोत हुन् ।
पहाडी• यहाँ उद्योग, व्यापार र सेवा जस्ता आर्थिक क्षेत्रको विकास भएको छ।
तराई•कृषि, औद्योगिक, व्यापारिक एवम् यातायातका दृष्टिले महत्वपूर्ण यस प्रदेशमा नेपालका ठूला-ठूला औद्योगिक सहरहरू रहेका छन् ।
प्रदेशसामाजिक तथा सांस्कृतिक विशेषता
              हिमाली•यस क्षेत्रमा खासगरी शेर्पा, थकाली, भोटे, मनाङी आदि जातिका मानिसहरू बसोवास गर्दछन्,   •बौद्ध धर्मावलम्बीको बाहुल्यता,  
•हिमाली प्रदेशमा ल्होसार मनिरिम्दु, बुद्ध जयन्ती, दसैं, तिहारलगायतका चाडपर्व मनाइन्छन् ।  
• यस प्रदेशमा बस्नेले बाक्लो प्रकारका लुगा लगाउने गर्दछन् । जस्तो भोटो, दोचा, बख्खु आदि ।   •हिमाली क्षेत्रमा मुक्तिनाथ, पाथिभरा, गोसाईकुण्ड, चन्दननाथ, विभिन्न गुम्बाहरू जस्ता धार्मिक स्थलहरू रहेका छन् ।  
•यो क्षेत्रमा विकासका पूर्वाधारहरूको खासै विकास नभएकाले यहाँको जीवन एकदमै कष्टकर रहेको छ भने जलवायु परिवर्तनको असरले यो क्षेत्रमा बसोबास गर्ने मानिसहरूको परम्परागत जीवनशैलीमा झनै थप समस्या सिर्जना भएको छ ।
                    पहाडी• यहाँ ब्राम्हण, क्षेत्री, नेवार, किराँत, गुरुङ, मगर, तामाङ, राई, लिम्बू आदि जातजातिको बसोवास स्थल रहेको छ ।   हिन्दू धर्मावलम्बीको बाहुल्यता,   पहाडी प्रदेशमा दसैं, तिहार, शिवरात्री, उधौली, उभौली, ल्होसार विभिन्न जात्राहरू गौरा पर्व आदि पर्वहरू मनाइन्छन् ।  
• यहाँ पशुपतिनाथ, बौद्धनाथ, हलेसी महादेव, विन्ध्यवासिनी मन्दिर, स्वर्गद्वारी, शैलीश्वरीलगायतका धार्मिक स्थलहरू रहेका छन् ।  
• यस प्रदेशमा बसोबास गर्ने मानिसहरूले दौरा सुरुवाल, कछाड, पटुका, टोपी आदि लगाउने गर्दछन् ।  
• यस प्रदेशका अधिकांश ठाउंमा यातायात पुगे पनि केही स्थानमा बाटोघाटोको कमी, शिक्षा तथा सञ्चारजस्ता आधारभूत आवश्यकताको कमीले गर्दा यहाँको जनजीवन पनि कष्टकर नै रहेको छ ।
                तराई• तराईमा राजवंशी, यादव, मुसलमान, थारु, मधेशी ब्राह्मण आदि बाहुल्य रहेको छ ।  
• यहाँ होली, छठ, माघी, दसैं, तिहार, इद आदि पर्व मनाइन्छन् ।   यहाँ बराह क्षेत्र, जानकी मन्दिर, गढीमाई, लुम्बिनी बागेश्वरी मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् ।   यहाँ अलि बढी गर्मी हुनेहुँदा यहाँका मानिसहरू धोती, कुर्ता, लुंगी लगाउने गर्दछन् ।   भारतीय रहनसहन र संस्कृतिको बढी प्रभाव भएको ।

२. ‘ नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।’ भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।

उत्तरः ठुला ठुला चामत्कारीक परिवर्तनका गफ गर्न छाडेर देशमा सामान्य बाटो मात्र लिने र आर्थिक उन्नतिमा, नेपालको भौगोलिक अवस्थाको उपयोगमा जोड दिने हो भने नेपालको विकास दस वर्षमा हामीले नसोचेको स्तरमा पुर्याउन सकिन्छ । राज्य शासन सँग जोडीएको राजनीति, राजनिती सँग जोडीएको अर्थतन्त्र र अर्थतन्त्र सँग जोडीएको आम जनताका जीवन स्तर र जीवन पद्धति बुझ्न राजनीति सँग संगै बिकाशका सम्भावना र चुनौतीका कुरा गर्नु पर्ने हुन्छ ।

नेपालको नेपालको भौगोलिक अवस्थाको उपयोग आर्थिक बिकास गर्ने हो भने खाध्यान्नमा आत्म निर्भर कृषिको बिकास, निर्यात गर्न सक्ने ढंगमा जलबिध्युतको बिकास अनी बिदेशी मुद्राको प्रमुख स्रोत बन्ने गरी पर्यटनको बिकास गर्नु जरुरी छ । सताब्दियौ सम्म हाम्रो मुलुक आर्थिक बिकासको प्राथमिकता समेत पहिचान गर्न नसकेर पनि वर्तमान दुर्दशा भोग्नु परेको हो । नेपालमा कृषिको बिकास गर्ने हो भने आन्तरिक स्रोत परिचालन गर्नु जरुरी हुन्छ । त्यसको निम्ती ब्यापक रुपमा लघु बित्त प्रणाली अन्तर्गत ग्रामीण क्षेत्रमा आर्थिक स्रोत परिचालन गरिनु पर्दछ । कृषि उत्पादनको ब्रिध्धी र उचित ब्यबस्थापन गर्न यस सँग सम्बन्धित साना उध्योगहरुलाई आन्तरिक लगानिमा बिकास गरिनु पर्दछ र ठुला लगानी लाग्ने मल कारखाना जस्ता उध्योग हरुका निम्ती बिदेशी लगानी खोज पर्दछ। नेपालको जलबिध्युतको द्रुत बिकासले मात्र हामी आर्थिक क्षेत्रमा गुनात्मक फड्को मार्न सक्छौ । FDI (Foreign Direct Investment) मार्फत बिदेशी लगानी भित्र्याएर ठुला जलबिध्युत आयोजना निर्माणमा जोड दिदै भारत र बाङलादेश निर्यात गर्ने लक्षका साथ निती निर्माण र आबश्यक बातावरण तयार गर्नु पर्छ । हाम्रो बिशिस्ट प्राकृतिक मनोरम भु बनोट र विश्व सम्पदा सुचिमा रहेका आधा दर्जन भन्दा बढी ऐतिहासिक धरोहर ति र त्यस्ता बिषयको महत्व बुझेका बिदेशी पर्यटकलाइ भ्रमण गर्न आबस्यक भौतिक पुर्वाधारको अभावमा घुम्टोले छोपिएकी सुन्दर बेहुली झै बनेको छ । पर्यटनको बिकास, बिस्तार र प्रबर्धन गर्नु पर्दछ ।

अन्ततः नेपालको प्राकृतिक स्वन्दर्य र ऐतिहासिक धरोहर खुर्पाको बिड बनेको त्रिखन्ड झै दर्जिएको छ । पृथ्वीमा रहेको समुन्द्र बाहेक सम्पूर्ण विश्वकै बिबिधता एउटा सानो भुगोल भित्र समेटिएको सुन्दर देश हो नेपाल | नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।

Similar Posts

Leave a Comment