एकाइ – दुई

पाठ २ दिगो विकास

अभ्यास

१. दिगो विकासको अवधारणा प्रष्ट पार्नुहोस् ।

उत्तर: दिगो विकासको अवधारणा मूलतः वातावरण संरक्षण र विकास निर्माणमा प्रत्यक्ष रूपमा सन्तुलन खोज्ने अवधारणा हो । यसले पृथ्वीले बहन गर्न सक्ने अर्थात् धान्न सक्ने र निरन्तर लाभ प्राप्त भइरहने विकासलाई बुझाउँछ । यति मात्र नभई यसले एक क्षेत्रको विकास गर्दा अर्को क्षेत्रको वातावरणीय पक्षमा समेत क्षय हुन नदिने गरी गरिने विकासलाई समेत जनाउँछ । तसर्थ भावी पुस्ताका आवश्यकतालाई मध्यनजर राख्दै वर्तमान पिढीका आवश्यकतालाई परिपूर्ति गर्ने विकास नै दिगो विकास हो। संयुक्त राष्ट्रसङ्घको ४२ औं साधारण सभा सन् १९८७ पछि यो अवधारणा विश्वव्यापी बनेको हो ।

२. “अव्यवस्थित विकासले विनाशको कारण बन्दैछ।” पुष्टि गर्नुहोस्।।

उत्तर : “हाम्रो अस्तित्व प्राकृतिक संरक्षणको साथमा निर्भर छ। पर्याप्त वातावरण संरक्षणले हाम्रो स्वास्थ्यलाई बनाउँदै जीवनकाललाई बढाउँछ। जैविक विविधता र पारिस्थितिक प्रणालीको संरक्षण पनि पृथ्वीको संरक्षा गर्दछ।” । पृथ्वीको तापक्रम वृद्धि रोक्न सकिन्छ । विकास गर्ने बाहनामा जथाभावी वनजङ्गल विनाश गर्नु भनेको वातावरण नाश गर्नु हो । विकास गर्दा अहिलेको आवश्यकता सँगसँगै भावी पुस्ताका आवश्यकतालाई पनि असर पार्नु हुँदैन । बाटो बनाउने नाममा जथाभावी बन मास्ने, जथाभावी डाँडापाखामा डोजर चलाउने कार्यले विकासका नाममा विनाश निम्त्याउँछ बाढी, पहिरो, भूक्षय, अतिवृष्टि, खण्डवृष्टि, तापक्रममा वृद्धि जस्ता विविध समस्या निम्त्याउँछ । तसर्थ अव्यवस्थित विकासले।

३. “दिगो विकासका लागि तपाईं कसरी सहयोग पुर्याउन सक्नुहुन्छ?”

उत्तर: दिगो विकासका लागि म निम्न कार्य गरेर योगदान दिन सक्छ :-
-दिगो विकासको आवश्यकता र महत्त्व संबन्धित जनचेतना बढाउने।
-आफ्नो समुदायमा भएका विकास निर्माण कार्य दिगो विकासको अवधारणाअनुरूप भए नभएको खोजी गर्ने
-समृद्धि निर्माणका प्रति सहभागी बन्ने र दिगो विकासको अवधारणालाई महत्त्वपूर्ण प्राथमिकता दिन सुझाउँछ।
-सामाजिक, सांस्कृतिक, र प्राकृतिक सम्पदाको संरक्षणमा आवश्यक सहयोग गर्ने सल्लाह दिएको छ।

४. “दिगो विकासका उद्देश्यहरूको सूची तयार गर्नुहोस्।”

उत्तर: दिगो विकासको उद्देश्यहरू :-
(क) सहयोग गर्दै गरिबीको निवारण गर्दछ र सामाजिक सुधार गर्दछ।
(ख) मानवीय विकास र प्रगति प्राप्त गर्दछ र तिनीहरूलाई समग्र बनाउँछ।
(ग) पर्यावरणको प्रभावकारी रूपमा संरक्षण गर्दछ।
(घ) प्राकृतिक स्रोत र साधनको समझदारी र सावधानीको साथ प्रयोग गर्दछ।
(ङ) उच्च, स्थिर, परिपक्व, र दिगो आर्थिक वृद्धि र विकास प्राप्त गर्दछ।
(च) सुशासन, सामाजिक न्याय ‘सामाजिक सद्भाव कायम गर्ने।
(छ) सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने ।

Similar Posts

Leave a Comment