एकाइ – एक

पाठ १ सामाजिकीकरण

अभ्यास

१. सामाजिकीकरण भनेको के हो ?

उत्तर:

सामाजिकीकरण भनेको एक प्रक्रिया हो जसले व्यक्तिहरू वा समूहहरूलाई समाजमा एकत्र ल्याउँदछ, समाजको निर्माणमा सहयोग गर्दछ, र सामाजिक परिपर्णता र सामाजिक संरचनामा परिवर्तन प्राप्त गर्दछ। यसले समूहको निर्माण, सामाजिक संरचना, संगठन, र सामाजिक मूल्यको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।

सामाजिकीकरणले विभिन्न प्रकारका सामाजिक प्रक्रिया र क्रियाकलापहरूमा शामिल हुन्छ, जसमा शिक्षा, सामाजिक संबन्ध, संगठन, सांस्कृतिक परिपर्णता, राजनीतिक प्रक्रिया, र अन्य सामाजिक प्रणालीका कार्यहरू समावेश गर्दछ। यसका माध्यमबाट समूह, समाज, र समृद्धि प्राप्त गर्दछ र सामाजिक विविधता, सामाजिक न्याय, र सामाजिक परिपर्णतामा सहयोग पनि प्रदान गर्दछ।

२. सामाजिकीकरणको महत्त्व उल्लेख गर्नुहोस् ।

(क) व्यक्तिको व्यक्तित्व विकास गर्न।
(ख) सकारात्मक सोच र चिन्तनको व्यवहार सिकाउन।
(ग) सामाजिक सिपको विकास गरी व्यावहारिक ज्ञान प्राप्त गर्न।
(घ) शासित, वाणिज्यिक, र योग्य भएर आधार प्रदान गर्नुहोस्।
(ड) प्रेम, सहयोग सहकार्य, सहानुभूति, समानुभूति लगायतका मानवीय गुण र व्यवहार गर्न ।
(च) सामाजिक मूल्य मान्यता, परम्परा, र रीतिरिवाजको संरक्षण र संरक्षण गर्दै हस्तारन्तरण गर्नुहोस्।
(छ) समाजमा शान्ति, सद्भाव, र सहअस्तित्व बनाउने कामको प्राथमिकता दिनुहोस्।

३. प्रेम र स्नेहले सामाजिकीकरणमा कसरी सहयोग गर्छ, प्रष्ट पार्नुहोस् ।

उत्तर : सामाजिकीकरणका लागि मानिस मानिसका विचमा विश्वास र अपनत्व आवश्यक पर्दछ । प्रेम र स्नेहले
मानिस मानिसका बिचमा आत्मीयता प्रदान गर्दछ । यस्तो आत्मीयताले सद्भाव र सहकार्यका लागि आधारको काम गर्दछ । सद्भाव र सहकार्यले मानिसप्रति विश्वास बढाउँछ, अपनत्वको भावना विकास हुन्छ । मानिसलाई सामाजिक प्राणी बनाउन विश्वास र अपनत्व प्रदान गर्ने कार्य प्रेम र स्नेहले गर्दछ । यसरी प्रेम र स्नेहले सामाजिकीकरणमा सहयोग गर्छ ।

४. सामाजिकीकरणका माध्यम वा निकाय के के हुन्, तीमध्ये तपाईंका विचारमा सबैभन्दा महत्त्वपूर्ण निकाय वा माध्यम कुन हो र किन ?

उत्तर : सामाजिकीकरणका माध्यम वा निकाय निम्न छन् :-
(क) घर परिवार
(ख) विद्यालय
(ग) दौतरी समूह
(घ) सांस्कृतिक गतिविधि
(ङ) छिमेकी
(च) स्थानीय सङ्घसंस्थाहरू
(छ) सहकारी
(ज) सञ्चारका साधन
(झ) हाटवजार ।
यी मध्ये मेरो विचारमा सबैभन्दा महत्त्वपूर्ण निकाय वा माध्यम घर परिवार हो । किनभने घर परिवार पहिलो पाठशाला हो । हरेक व्यक्तिको सिकाइको प्रारम्भ घर परिवारबाट सुरु हुन्छ । सामाजिकीकरणका लागि आवश्यक पर्ने भाषा, प्रेम र स्नेह, मूल्य मान्यता, सम्मान, सम्बन्ध जस्ता विभिन्न सामाजिक गुण सिक्ने र अभ्यास गर्ने प्रारम्भिक थलो घर परिवार हो ।

५. मानिस जैविक प्राणीबाट कसरी सामाजिक प्राणीमा रूपान्तरण हुन्छ ? उदाहरणसहित प्रष्ट पार्नुहोस् ।


उत्तर : मानिस जन्मँदा जैविक प्राणीका रूपमा मात्र रहेको हुन्छ । उसले घर परिवारमा रहेर भाषा, प्रेम, मूल्य, मान्यता, सम्मान, नातासम्बन्ध जस्ता विभिन्न सामाजिक गुण सिक्ने र अभ्यास गर्ने कामको प्रारम्भ गर्दछ । त्यसपछि ऊ छिमेकीसँग विस्तारै घुलमिल हुन थाल्छ । विद्यालय प्रवेशसँगै उसको सामाजिकीकरणले औपचारिकता प्राप्त गर्दछ । साथीभाइसँग खेल्ने, मिल्ने, सहयोग आदानप्रदान गर्ने जस्ता कार्यमा ऊ सहभागी बन्छ । घरपरिवार, छिमेक, समाज, विद्यालयले सञ्चालन गर्ने सांस्कृतिक गतिविधिमा सहभागी हुन्छ । हाटबजार जाँदा, मेलापात जाँदा उसले कोसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने लगायतका कुरा सिक्दछ र ऊ समाजमा सजिलै अन्तरघुलन हुन पुग्छ । यसरी मानिस जैविक प्राणीबाट सामाजिक प्राणीमा रूपान्तरण हुन्छ ।

६. तपाईंले आफ्नो घर छिमेकमा कस्ता सामाजिकीकरणका अभ्यास गर्नुभएको छ ? ती अभ्यासले सामाजिकपनको विकास गर्न कसरी मदत पुऱ्याएका छन्, लेख्नुहोस् ।

उत्तर : मैले आफ्नो घरमा एक अर्कालाई सम्मान गर्ने गरेको छु । सानालाई माया र ठूलालाई सम्मान गर्ने हाम्रो सामाजिक प्रचलन नै हो । यो कुरा मैले घरबाट अभ्यास गरेको हुँ । अहिले म मेरो समाजमा रहेका सबै साना व्यक्तिलाई माया गर्छु र ठुलालाई सम्मान गर्छ । यसले समा सामाजिकपनको विकास गराएको छ । त्यस्तै मैले घर परिवार र छिमेकीबाट प्रेम र स्नेह सिकेको छु । यसले विश्वास र अपनत्व प्रदान गरेको छ । मर्दापर्दा एक अर्कालाई सहयोग गर्न, आपसी मतमतान्तर विवादहरू अन्तरक्रिया र छलफलका माध्यमबाट समाधान गर्न पनि मैले घर र छिमेकबाट अभ्यास गरेको हुँ । घरले मलाई भाषा सिकाएको छ । छिमेकले भाषामा दक्ष बनाएको छ । यी सबै कुरालाई म विस्तारै मेरोबाट हाम्रो भन्न थालेको छु । घर परिवार र छिमेकबाट मैले गरेका सामाजिकीकरणका अभ्यासले सामाजिकपनको विकास गर्न मदत पुर्याएका छन् ।



Similar Posts

One Comment

Leave a Comment